नेपालविरुद्ध भारतले चाल्यो यस्तो गम्भीर चाल ?



हाम्रो इकोनोमि

 

जडीबुटी सङ्कलन, प्रशोधन र निकासीको केन्द्र मानिएको बाँके जिल्लामा व्यावसायिक रुपमा जटीबुडीको खेती हुँदै आएको छ । सरकारले प्राथमिकतामा राखेकामध्ये १२ प्रजातिका जडीबुटीलाई अहिले व्यावसायिक खेतीका लागि सिफारिस गरिएको छ । नेपालको आर्थिक विकासका लागि ३० प्रजातिका जडीबुटीलाई सरकारले प्राथमिकतामा राखेको थियो ।

 

औषधिको रूपमा प्रगोग गरिने वनस्पतिको यहाँ खेती हुँदै आएको र ती १२ प्रजातिका जडीबुटी खेतीका लागि यहाँको वातावरण अनुकुल भएको वनस्पति उद्यान केन्द्रका प्रमुख सुनिलकुमार आचार्यको भनाइ छ । जिल्लामा जडीबुटी खेतीका लागि प्रस्तावित क्षेत्र तोकिनाका साथै ती क्षेत्रको आसपास पाइने रैथाने प्रजातिको जडीबुटीलाई प्राथमिकतामा राख्नुपर्ने मापदण्ड पनि तोकिएको छ ।

 

‘जडीबुटीको बाह्य प्रजाति पनि हुर्काउन त सकिन्छ तर यसले रैथाने प्रजातिका जडीबुटीको उत्पादकत्व घटाउन सक्ने हुँदा खेतीका लागि बाह्य तथा नयाँ प्रजाति छनौट गर्दा वैज्ञानिक प्रविधिवाट विस्तृत अध्ययन गर्नुपर्छ’, केन्द्र प्रमुख आचार्य भन्छन् । यस जिल्लामा वन क्षेत्र बढी भएकाले व्यावसायिक जडीबुटी खेतीको प्रशस्त सम्भावना छ । जडीबुटीमा संलग्न हुन चाहने कृषकले स्पष्ट व्यावसायिक योजना बनाउनुपर्छ ।

 

उत्पादन गरिएका जडीबुटी लामो समयसम्म भण्डारण र प्रयोग गर्न नसकिने भएकाले बजारको मागअनुसार उत्पादन गर्नुपर्ने केन्द्रप्रमुख आचार्यको सुझाव छ । जिल्लामा हाल कुरिलो, अमला, मेन्थालगायत प्रजातिका जडीबुटीको खेती बढी हुने गरेको छ । सरकारले लोपोन्मुख जडीबुटीको संरक्षण, ‘इथ्नो बोटानिकल स्टडी’, वनस्पति संरक्षण र संवद्र्वन तथा वनस्पतिको रासायनिक गुणहरुको प्रतिफल स्थानीयस्तरमा पुर्याउने उद्देश्यले यहाँ उक्त केन्द्र स्थापना गरिएको हो ।

 

यस केन्द्रले जिल्लामा जडीबुटी खेतीको संरक्षण र प्रवद्र्वन, वनस्पति संरक्षण एवम् उद्यम विकास, वनस्पतिसम्बन्धी अध्ययन अनुसन्धान तथा बजारीकरणका लागि कार्ययोजनाअनुसार आप्mनो भूमिका निर्वाह गर्दै आएको छ । ढकेरीमा रहेको उक्त उद्यानमा वनस्पतिका बिरुवा उत्पादन र बिक्री वितरण तथा वैज्ञानिक अनुसन्धानसमेत हुने गरेको छ । त्यहाँ हुर्काइएका जडीबुटीका बिरुवा पश्चिम क्षेत्रका जिल्लाका किसानलाई केन्द्रले उपलब्ध गराउँदै आएको छ ।

 

त्यसैगरी बाँकेलगायत पश्चिम क्षेत्रका अन्य जिल्लामा उत्पादन गरिएका जडीबुटीको सङ्कलन र बिक्री नेपालगञ्जस्थित जडीबुटी व्यवसायी सङ्घमा आबद्ध व्यवसायीहरुले गर्दै आएका छन् । सङ्घले सङ्कलन गरेको जडीबुटी भारतलगायत तेस्रो मुलुकमा निकासी हुने गरेको सङ्घका अध्यक्ष मोहम्मद याकुब अन्सारी बताउँछन् ।

 

नेपालमा करीब पाँच प्रतिशत जडीबुटी उत्पादन र गैह्रकाष्ठ वन पैदावार क्षेत्र रहेको शुरुआती चरणमा बाँके जिल्लाबाट ८० प्रकारका जडीबुटी निकासी भइरहेकामा अहिले १५–१६ वटा प्रजातिका जडीबुटी मात्र निकासी हुने गरेको छ । ‘भारतको उत्तर प्रदेश सरकारले नेपालबाट निकासी हुने जडीबुटीमा ‘ट्राञ्जिट परमिट’ को व्यवस्था लागू गरेपछि निकासी घटेको हो’, उनी भन्छन् ।

 

भारतको यही व्यवस्थाका कारण पछिल्लो समय बाँकेबाट जडीबुटी निकासी घटिरहेको छ । केही वर्षअघि यहाँबाट करिब ६५ लाख किलोग्राम जडीबुटी निकासी हुने गरेकामा गत वर्षदेखि निकासीको मात्रा करीब ४५ लाख किलोग्राममा झरेको छ । नेपाल सरकारले भारत सरकारको ट्राञ्जिट परमिटसम्बन्धी व्यवस्थालाई हटाउन दुई पक्षीय छलफल गर्नुपर्ने सङ्घका अध्यक्ष अन्सारीको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...