मेलम्चीको पानी २ बर्षमा पनि काठमाण्डौ नआउँने पक्का



हाम्रो इकोनोमि

 

मेलम्चीको पानी २ बर्षमा पनि काठमाण्डौ नआउँने पक्का भएको छ । राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको पहिलो चरणको निर्माण कार्यअन्तर्गत सुरुङमार्ग र हेडवक्र्सको बोलपत्र खोली मूल्यांकन भइरहेको छ । दोस्रो चरणका लागि याङ्ग्री र लार्केसम्म पहुँच सडक निर्माण सुरु भएको छ । मुआब्जा वितरण प्रक्रिया सुरु भएको मेलम्ची खानेपानी विकास समितिलाई उद्धृत गर्दै मन्त्रालयले जनाएको छ । २०७४ चैत २७ गते सुरुङमार्गको ब्रेक थ्रु भएको थियो ।

 

मन्त्रालयले यस अवधिमा खानेपानी तथा सरसफाइ क्षेत्रमा पहिलो पटक मूल विधेयक तयार गरेर प्रतिनिधिसभामा दर्ता गराएको छ । खानेपानीमन्त्री बिना मगरको सक्रियतामा खानेपानी तथा सरसफाई विधेयक तयार भई संसदमा पेश भएको हो ।

 

खानेपानी मन्त्रालयमातहतका निकायले असारसम्म ५ सय ४५ वटा आयोजना सम्पन्न गरेका छन् । २०७५÷७६ को बजेट कार्यान्वयनका सन्दर्भमा ५ सय २६ वटा साना तथा आधारभूत र १९ वटा ठूला आयोजना सम्पन्न भएको मन्त्रालयले जनाएको छ । यसबाट ५ लाख ३३ हजार जनसंख्या खानेपानी सेवाबाट प्रत्यक्ष लाभान्वित हुनेछन् ।

 

मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले २ सय ४२ वटा भूकम्पबाट प्रभावित आयोजना, २ सय ५० वटा ग्रामीण खानेपानी आयोजना र ३४ वटा वर्षात्को पानी संकलनमा आधारित गरी ५ सय २६ वटा आधारभूतस्तरका खानेपानी आयोजना सम्पन्न भएको जानकारी दिए । त्यस्तै, खानेपानी विभागअन्तर्गत तेस्रो साना सहरी खानेपानी आयोजना कार्यालयले १० वटा आयोजना सम्पन्न गरेको छ । सहलगानी खानेपानी आयोजनाअन्तर्गत ९ आयोजना सम्पन्न भएका छन् ।

 

तेस्रो साना सहरी खानेपानी आयोजनाअन्तर्गत सुर्खेतको बाबियाचौर, रुकुमको मुसिकोट, कपिलवस्तुको चन्द्रौटा, चितवनको बिरेन्द्रनगर, कास्कीको निर्मलपोखरी, कञ्चनपुरको सुडा, तनहुँको डुम्रे र आबुँखैरेनी, रौतहटको कटहरिया र उदयपुरको कटारी खानेपानी आयोजना सम्पन्न भएका छन् । त्यस्तै, सहलगानीअन्तर्गत मोरङको मानगढ र उर्लाबारी, रुपन्देहीको प्रगतिनगर र नयाँगाउँ, चितवनको रत्ननगर, पर्सा र धनगढा, नवलपरासीको जलुके, र दाङको नारायणपुर गरी नौवटा खानेपानी आयोजना सम्पन्न भइसकेका छन् । तेस्रो साना सहरी र सहलगानीअन्तर्गत सम्पन्न भएका आयोजना ठूला आयोजनाभित्र पर्दछन् ।

 

एक घर एक शौचालयको अवधारणाबमोजिम साढे ९९ प्रतिशत जनसंख्या आधारभूत स्तरको सरसफाइ सुविधाबाट लाभान्वित भएको प्रवक्ता शाक्यले बताए । आगामी असोजसम्ममा नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने गरी मन्त्रालयले कार्य गरिरहेको उनले बताए । विभागले खानेपानीको गुणस्तर सुधार कार्यक्रमअन्तर्गत निर्माणाधीन २८ आयोजनामध्ये चालु आर्थिक वर्षभित्र १२ वटा आयोजना सम्पन्न हुने चरणमा रहेको जानकारी दिएको छ ।

 

आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)अन्तर्गत काठमाडौं उपत्यकाको रिङरोडभित्र लक्षित ७७ किलोमिटर थोक वितरण प्रणाली पाइप लाईन कार्यमध्ये ७५ किलोमिटर पाइप लाइन निर्माण सम्पन्न भएको छ । उपत्यकामा १० वटा पानीपोखरी निर्माण गर्ने भनिएकोमा ९ वटा सम्पन्न भइसकेको पीआईडीले जनाएको छ ।

 

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले काठमाडौं उपत्यकाभित्र १७ किमि पाइप लाइन विस्तार गर्ने भनिएको थियो । २० किमि सम्पन्न भएको मन्त्रालायले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...