अराजक तत्वले बुद्धका पाँच मूर्ति तोडफोड गरे



हाम्रो इकोनोमि

 

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मुख्य सडकमा राखिएका बुद्धका पाँचवटा मूर्ति तोडफोड गरिएका छन् । यहाँ राखिएका २२ वटा मूर्तिमध्ये पाँचवटा बुधबार राति तोडफोड भएका छन् । ६ लेन सडकअन्तर्गत शंकरनगर चोकदेखि नयाँमिल खण्डमा राखिएका पाँचवटा बुद्धका मूर्ति तोडफोड भएका हुन् ।

 

बुटवल–सुनौली सडक खण्ड ६ लेनमा विस्तार भएसँगै तिलोत्तमाले आफ्नो नगर क्षेत्रको ६ लेन सडकमा बुद्धका मूर्ति राखेको थियो । लुम्बिनीको पर्यटन प्रवद्र्धनमा टेवा पुऱ्याउन भनेर लुम्बिनी भ्रमण वर्षको अवसरमा तिलोत्तमाले सडक किनारमा बुद्धका मूर्ति राखेको हो ।

 

ती मूर्तिहरू कसले र किन र के प्रयोजनका लागि फुटायो भन्ने अहिलेसम्म खुलेको छैन । तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले मूर्तिहरू सुनियोजित रूपमा तोडफोड भएको बताएका छन् । उनले भने, ‘१ सय १० किलो तौलका मूर्ति सजिलै तोडफोड गर्न सक्ने अवस्थाका थिएनन्, तोडफोडको प्रकृति हेर्दा घनले हानेर मूर्ति फोरेजस्तो देखिन्छ ।’ मूर्ति तोडफोड भएको थाहा पाएलगत्तै नगरपालिकाले प्रहरी–प्रशासनलाई खबर गरी गम्भीर रूपमा अनुसन्धान अगाडि बढाउन अनुरोध गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हृदय थापाले घटना थाहा पाएसँगै अनुसन्धान अगाडि बढाएको बताए । घटनाबारे कोणबाट अनुसन्धान थालिएको उनको भनाइ छ । धार्मिक सहिष्णुता खल्बल्याएर अशान्ति मच्चाउने उद्देश्यले अराजक तत्वबाट यस्तो निकृष्ट कार्य गरिएको हुन सक्ने सचेत तप्काबीच चर्चा शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...