पूर्वमन्त्री बस्नेतको ६१ करोड ‘कालोधन’ फेला, शुद्धिकरण विभागले रोक्यो पैसा



हाम्रो इकोनोमि

 

पूर्व सञ्चारमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहनकुमार बस्नेतले स्रोत नखुलेको ६१ करोड रुपैयाँ लुकाएर राखेको अवस्थामा फेला परेको छ । काठमाडौंको महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा पूर्वमन्त्री बस्नेतको नाममा ठूलो रकम निक्षेप राखेको भेटिएपछि सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान थालेको छ । विभागले सहकारीमा रहेको बस्नेतको ६१ करोड रुपैयाँ ‘फ्रिज’ गरेर अनुसन्धान थालिसकेको छ ।

 

बैंक तथा वित्तीय संस्थापछि सहकारीमा समेत सम्पत्ति शुद्धिकरण कार्यान्वयनमा ल्याएपछि उनले निक्षेप राख्ने वित्तिकै त्यसको जानकारी वित्तीय जानकारी ईकाइ र सम्पत्ति शुद्धिकरण विभागमा पुगेको थियो ।

 

बस्नेतको नाममा ठूलो रकम खातामा जम्मा भएपछि विभाग अलर्ट भएर अनुसन्धान तत्कालै थालेको हो । प्रारम्भिक अनुसन्धानमा बस्नेतले कर छलीबाट आएको रकम जम्मा गरेर राखेको देखिएको विभाग स्रोतले जानकारी दिएको छ ।

 

‘प्रारम्भिक अनुसन्धानमा बस्नेतले कर छली गरेको देखिएको छ । उहाँको ‘ब्याकग्राउण्ड’ सँग यति ठूलो पैसाको मेल खाने देखिएन । त्यही भएर सहकारी विभागमार्फत पैसा रोक्का गरिदिएका छौं’, शुद्धिकरण विभागका एक अनुसन्धान अधिकृत भन्छन्, ‘अरु स्रोतहरु पनि खोजिरहेका छौं । अहिले सहकारीमा स्रोत नपुग्ने पैसा भेट्टिएको छ ।’

 

बस्नेतको चीनसँग व्यापारिक कारोबार गर्ने व्यवसायीसँग बढी हिमचिम रहेको स्रोतले जानकारी दिएको छ । अहिलेको निर्वाचनमा नेकपाका नेता अग्नि सापकोटासँग पराजित भएका थिए । उनी सिन्धुपाल्चोकका पूर्व सांसद हुन् ।

 

विभागले अहिले पोलिटिकल्ली एक्सपोज पर्सन (राजनीतिक रुपमा चिनिएका) हरुको अनुसन्धान तीब्र बनाएको छ । विभागले केही समयमै नेपाली कांग्रेसका सांसद सूर्यबहादुर केसीविरुद्ध मुद्दा हाल्ने तयारी गरेको जनाइएको छ ।

 

बस्नेत केही समयअघि नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंकका सञ्चालक समेत थिए । बैंक तथा वित्तीय संस्था ऐन संशोधन भएर आउँदा संबैधानिक पदमा बसेकाहरु सञ्चालन हुन नपाउने ब्यवस्था भएपछि उनले राजीनामा गरेका थिए । उनी त्यसबेला संविधानसभा सदस्य थिए ।

 

सम्पति शुद्धिकरणबिरुद्ध अन्तर्राष्ट्रिय रुपमा काम गरिरहेको संस्था फाइनान्सियल एक्सन टाक्सफोर्स (एफएटिएफ) मा आबद्ध भएपछि नेपालले कालोधनबिरुद्ध कडा नीति लिन थालेको छ ।

 

बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, शेयर, सुन बजारका साथै पछिल्लो समय सहकारी क्षेत्रमा पनि शुद्धिकरणको नियम कडाइका साथ कार्यान्वयन गर्न थालिएको छ । यसैक्रममा अनुसन्धान गर्दा बस्नेतको ’कालोधन’ फेला परेको विभाग स्रोतले जानकारी दियो ।

 

बस्नेतको कालोधका बारेमा शुद्धिकरण विभागका साथै सहकारी विभाग र राष्ट्र बैंकमा रहेको वित्तीय जानकारी इकाइले पनि काम गरिरहेको छ । इकाइले उनको वित्तीय कारोबारको ‘ट्रयाक’ गर्न थालेको छ भने शुद्धिकरण विभागले अन्य निकायसँग समन्वय गरेर अनुसन्धान तीब्र बनाएको जनाएको छ ।

 

बस्नेतको ६१ करोडको स्रोत नखुलेको पैसाका बारेमा उनका परिवार र नातेदारमा पनि अनुसन्धान तीब्र पारिएको जनाइएको छ । ‘वित्तीय जानकारी इकाइबाट हामीले परिवार र नातेदार सबैको बैंकिङ ‘हिस्ट्री’ मागेका छौं’ विभाग स्रोत भन्छ, ‘इकाइले सहयोग ग¥यो भने अझै गहिरोमा पुगेर अनुसन्धान गर्न सकिन्छ ।’

 

‘अब हामी बस्नेतलाई बयानका लागि बोलाउने तयारीमा छौं । अहिलेसम्मको अनुसन्धानमा गैरकानुनी रुपमा नै धन आर्जन गरेको देखिन्छ’, ती अनुसन्धान अधिकृतले भने, ‘बयानपछि हामी कसरी अगाडि बढ्ने भन्ने निर्णयमा पुग्छौं ।’

ट्रयाकमा सहकारी पनि
पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थामा कारोबारमा कडाई गर्न थालेपछि अवैध कारोबारमा कमाएको पैसा सहकारीमा सिफ्ट हुन थालेको थियो । राजनीतिक दलदेखि विभिन्न कर छलेर कमाएको पैसासम्म सहकारीमा जान थालेपछि सरकारले नियम बनाएर कस्न थालेको छ । त्यही क्रममा पूर्वमन्त्री बस्नेतले पैसा राख्ने वित्तिकै अनुसन्धान गर्ने निकायले जानकारी पाएका हुन् ।

 

सहकारी विभागले ०७४ माघ १५ गते सम्पति शुद्धिकरणसम्वन्धी व्यवस्था कार्यान्वयन गर्दै एसटिआर (सस्पिसिएस ट्रान्जेक्सन रिपोर्ट) पठाउन निर्देशन दिएको थियो । मुलुकभर १४ हजारभन्दा बढी बचत तथा ऋण सहकारी संस्था छन् । ती संस्थामध्ये केहीले मात्रै सम्पति शुद्धिकरणसम्वन्धी व्यवस्था कार्यान्वयन गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...