नेपालमा एकाएक धमाधम श्रीमती छोड्न चाहने पुरुषहरुको संख्या किन बढ्यो



हाम्रो इकोनोमि

 

कास्की-कास्की जिल्ला अदालतमा आर्थिक वर्ष २०७४/७५ मा सम्बन्ध विच्छेदसम्बन्धी ८८१ मुद्दा दर्ता भएका छन् । तिनमा २० प्रतिशत पुरुषले दिएका मुद्दा छन् ।

भदौ १ गतेदेखि लागू भएको नयाँ संहिताले पुरुषले चाहेमा पनि सम्बन्धविच्छेद गर्नसक्ने सुविधा प्रदान गरेपछि सम्बन्ध विच्छेदका निवदेन लिएर पुरुष अदालत पुग्न थालेका हुन् ।

जिल्ला अदालतमा सम्बन्धविच्छेद गर्न दिइएका मुद्दामध्ये पुरुषले दायर गरेका मुद्दा करीब २० प्रतिशत रहेका जिल्ला न्यायाधीश दीपेन्द्र अधिकारीले जानकारी दिए । अदालतमा आउने मुद्दामा सबैभन्दा बढी फैसला नै सम्बन्धविच्छेद हुने गरेका उनको भनाइ छ ।

उनले भने, “मुद्दा परेकामध्ये ६४७ मुद्दा किनारा लगाइसकेका छौं ।” आव २०७४/७५ देखि आएका एक हजार ३३८ सहित २०७५/७६ मा अदालतमा दुई हजार ५८९ मुद्दा दर्ता भएका छन् । तीन हजार ४९७ मुद्दा प्रक्रियामै रहेको न्यायाधीश अधिकारीले जानकारी दिए। यसवर्ष मात्रै दुई हजार ५६३ मुद्दा किनारा लगाउने लक्ष्य अदालतले राखेको थियो ।

मुद्दाको छिनोफानोसँगै अदालतले विशेष प्रकृतिका निवेदन उपरसमेत सम्पादन गरेको छ । स्थानीय तहमा न्यायिक समितिको गठनसँगै मानाचामल सम्बन्धी मुद्दा अदालतमा दर्ता गर्न छाडेका छन् । अंशसँग जोडिएर आएमा मात्रै मानाचामल मुद्दा अदालतमा दर्ता हुन्छ ।

सामान्य विवादका घटना स्थानीय तहमै मिल्ने वातावरण बन्दै गएमा आगामी दिनमा अदालतमा दर्ता हुनसक्ने मुद्दा केही कमी आउने श्रेष्तेदार लोकनाथ पराजुलीले बताए ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...