लाेक सेवा आयोगकाे केन्द्रीय कार्यालय अगाडि प्रदर्शन



हाम्रो इकोनोमि

 

स्थानीय तहमा लोकसेवाले गरेको विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै लोक सेवा आयोगको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन भएकाे छ ।

अनामनगरस्थित केन्द्रीय कार्यालय अगाडि बिहीबार बिहान प्रदर्शन भएको हाे । आयोगले गत असारमा गरेको विज्ञापनको परीक्षा सुरु हुन १ दिनअगाडि त्यसको खारेजी माग गर्दै विभिन्न संघ–संगठनहरूले प्रदर्शन गरेका छन् ।

‘आरक्षण बचाउ आन्दोलन’को नाममा गरिएको प्रदर्शनका कारण आयोग अगाडिको सडकमा केहीबेर तनावको स्थिति सिर्जना भएको थियो । प्रदर्शनकारीले सडक छेकेर प्रदर्शन गरेकाले केहीबेर सवारी आवागमनसमेत प्रभावित भएको थियो ।

प्रदर्शनले तनावको अवस्था सिर्जना भएपछि प्रहरीले हस्तक्षेप गरेर प्रदर्शनकारीलाई हटाएको छ । प्रहरीका अनुसार, अहिले अवस्था सामान्य छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा लोक सेवा आयोगले गत असारमा स्थानीय तहका विभिन्न पदमा ९१३१ कर्मचारी माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...