नेकपाको संगठन विभाग प्रमुखमा वामदेव गौतम



हाम्रो इकोनोमि

 

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पार्टीको सबैभन्दा शक्तिशाली विभाग– संगठन विभागको प्रमुख वामदेव गौतमलाई बनाउने सहमती नजिक पुगेका छन्।

 

पूर्व एमालेका शक्तिशाली नेता गौतम नेकपाको सचिवालय सदस्य हुन् र अहिले अध्यक्ष दाहालसँग निकट मानिन्छन्। अध्यक्ष र महासचिवले विभागीय जिम्मेवारी नलिने सहमती भएपछि गौतमलाई चयन गर्ने टुंगोमा ओली र दाहाल पुगेको नेकपाका उच्च स्रोतहरूले दाबी गरेका छन्।

 

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार अध्यक्षद्वय ओली र दाहाल तथा सचिवालय सदस्य रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेलबीच भएको बैठक यस्तो सहमती नजिक पुगेको सचिवालयका एक सदस्यले बताएका छन।

 

संगठन विभाग प्रमुखमा महासचिव पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेल र रामबहादुर थापाको चर्चा अझै सेलाएको छैन। महाधिवेशनअघि पार्टी संगठनमा पकड जमाउन संगठन विभाग प्रमुखको भूमिका निर्याायक रहने मानिन्छ। त्यसैले दुवै अध्यक्ष आफु निकट नेतालाई संगठन विभाग जिम्मा लगाउन चाहन्थे।

 

त्यस्तै पार्टीको अर्को शक्तिशाली विदेश विभाग प्रमुखमा बरिष्ठ नेता माधव नेपाल चयन हुने सहमती जुटेको छ। यसअघि एमालेको विदेश विभाग प्रमुख रहेका नेपाल अहिले पनि विदेश विभागमै रहन चाहन्थे।

 

नेकपाका ३२ वटा विभागमध्ये १८ वटामा पूर्व एमाले र १४ वटामा पूर्व माओवादीले प्रमुखको जिम्मेवारी लिने सहमती मंगलबार भएको हो। जसमा संगठन, विदेश, स्कुल, अर्थ र प्रचार विभाग मुख्य मानिन्छन्।

 

संगठन र विदेशमा एमाले तथा अर्थ र प्रचारमा माओवादीले प्रमुख लिने सहमती भएको छ। ३५ जना सदस्य रहने हरेक विभागमा २० जना पूर्व एमाले र १५ जना पूर्व माओवादीबाट रहने छन्।

 

‘अध्यक्ष दाहालले अर्थ र प्रचार विभाग प्रमुखको नाम दिएपछि विभागीय प्रमुखहरूको बारेमा औपचारिक निर्णय हुनेछ’, ती सचिवालय सदस्यले भने। नेकपाको अर्को महत्वपूर्ण विभाग– स्कुल विभाग प्रमुखमा सहमती भैसकेको छैन। तर त्यो पदमा सचिवालय सदस्य ईश्वर पोखरेलले दाबी गरेका छन्।

 

यसअघि जिल्ला इन्चार्ज पूर्व एमालेले ४४ र पूर्व माओवादीले ३३ लिने भनिएपनि दुई वटा जिल्लामा मिल्न बाँकी रहेकाले ४१ र ३६ हुने संभावना छ। सहइन्चार्ज एउटा जिल्लामा एकभन्दा बढी रहन सक्नेबारे छलफल भएपनि कतिजना राख्ने टुंगो लागेको छैन।

 

नेकपाले केन्द्रीय सल्लाहकार परिषद् र जेष्ठ कम्युनिष्ट मञ्च पनि स्थापना गर्ने भएको छ। २२१ जना सदस्य रहने परिषद्को अध्यक्ष पूर्व एमालेका केशव बडाल रहने र त्यत्तिनै सदस्य रहने मञ्चको अध्यक्ष पूर्व माओवादीका एनके प्रसाईं रहने सहमती पनि भएको छ।

 

त्यसैगरी नेकपाका ३ वटा केन्द्रीय आयोगहरूमध्ये २ वटामा पूर्व एमालेबाट प्रमुख र एउटामा पूर्व माओवादीबाट प्रमुख रहने छन्। तीमध्ये लेखा परिक्षण आयोगको प्रमुख डा पुष्प कँडेल रहने सहमती भएको छ। अनुशासन आयोगको प्रमुखमा अमृत बोहराको नाममा अध्यक्ष ओली सहमत नभएपनि उनी नै रहने संभावना छ। नेकपाको निर्वाचन आयोगको प्रमुखमा पूर्व माओवादीबाट संभवतः अमिक शेरचन रहने छन्।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...