डन चरी र मनोज इन्काउन्टरका डिएसपी कुमोध ढुंगेल सम्पर्कबिहीन, नक्सालमा खैलाबैला



हाम्रो इकोनोमि

 

निलम्बनमा परेका नेपाल प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमोध ढुंगेल बेपत्ता परेको भन्दै खोजेर उपस्थित गराउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र पठाएको छ ।

अख्तियारको पत्रपछि प्रहरी मुख्यालय नक्सालले महानगरीय प्रहरी परिसर काठमाडौंलाई पत्र पठाइ शीघ्र डिएसपी ढुंगेललाई अख्तियारमा उपस्थित गराउन आदेश दिएको छ । पत्रमा डिएसपी ढुंगेल बेपत्ता भएको उल्लेख छ ।

अख्तियारले ढुंगेलको अकुत सम्पत्तिमाथि छानविन चलाइरहेको छ । बयानका लागि बोलाउन खोज्दा डिएसपी ढुंगेल बेपत्ता भएपछि अख्तियारले हेडक्वाटरमा पत्र पठाएको थियो ।

चैत २६ गते काठमाडौंको रानीबारीमा ललेन्द्र शेरचनको घरमा डकैती भएको थियो । सो डकैती काण्डमा प्रहरीले विक्रम श्रेष्ठलाई पक्राउ गरेको थियो ।

डकैतीमा संलग्न श्रेष्ठ र डिएसपी ढुंगेलविरुद्ध कनेन्सन देखिएपछि प्रहरी मुख्यालयले ढुंगेललाई वैशाख १९ गते निलम्बन गरेको थियो । रौतहटको चन्द्रनिगाहपुर ईलाका प्रहरी कार्यालयको ईञ्चार्ज रहेकै अवस्थामा ढुंगेल निलम्बनमा परेका हुन् ।

यता, अकुत सम्पत्ति छानविनमा अख्तियारले डिएसपी ढुंगेललाई पटक–पटक सम्पर्क गरेर बयानका लागि बोलाउँदा अटेर गरेपछि बेपत्ताको सूचीमा राखेर उपस्थित गराउन प्रहरीलाई पत्र काटिएको हो ।

असार २९ गते आइतबार आयोगले प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएर डिएसपी ढुंगेलसँग केही बुझ्नु पर्ने भएकाले खोजतलास गरेर अख्तियारको कार्यालय टंगालस्थित कोठा नं. ३ मा उपस्थित गराउन भनिएको छ ।

रानीबारी डकैती घटनाका अभियुक्त श्रेष्ठ र डिएसपी ढुंगेलबीच डकैती भएकै दिन महाराजगञ्जस्थित भेनस रेस्टुरेन्टमा भेटघाट भएको बयान श्रेष्ठले दिएपछि ढुंगेल फसेका थिए । महाराजगञ्जको भेनस रेस्टुरेन्ट डिएसपी ढुंगेलको हो ।

इन्काउन्टर विशेषज्ञका रुपमा नाम कमाएका डिएसपी ढुंगेलको सम्पत्ति छानविनमा अख्तियारले हात हालेपछि अर्को संकट थपिएको छ ।

डिएसपी ढुंगेल ‘डन’ ‘चरी’ अर्थात दिनेश अधिकारी र मनोज पुन इन्काउन्टरका रुपमा चिनिन्छन् ।दैनिक नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...