एकताका बाँकी काम आजै साँझसम्म सकिन्छ अध्यक्ष प्रचण्ड



हाम्रो इकोनोमि

 

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज  बेलुकीसम्म पार्टी एकताका सबै काम टुंग्याउने बताएका छन् । ललितपुरमा मंगलबार जिल्ला कमिटीलाई सपथ खुवाउँदै प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीले असार मसान्तभित्र पार्टी एकताको काम टुंग्याउने भनेअनुसार नै आज बेलुकीसम्म सबै काम सकिने बताए।

‘केहीकेही बाँकी रह्यो भने त्यो सामान्य टेक्निकल कुरामात्रै हुन्छ’, प्रचण्डले भने, ‘यो विश्वास म तपाईंहरुलाई दिलाउन चाहन्छु ।’ उनले एकताको प्रक्रिया ढिलो भए पनि त्यो आजै टुंगिने कुरा खुसीको कुरा भएको बताए ।

पार्टी एकता भएको १४ महिना भइसक्दा पनि पार्टीमा कार्यविभाजन, जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्, विशेष कमिटी, विभाग तथा आयोगहरु टुंगिन बाँकी छन् ।प्रचण्डका अनुसार आज कार्यविभाजन, जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद, विशेष कमिटी र विभागहरू गठन गर्ने काम साँझसम्म सकिन्छ ।

उनले केन्द्रीय समिति बैठक पनि छिट्टै बस्ने बताए । पार्टी एकताका सबै काम सचिवालय बैठक हुँदै केन्द्रीय समितिबाट अनुमोदन गरेपछि देशब्यापी रूपमा अभियान लिएर जनतामा जाने उनले बताए।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...