सरकार र विप्लवबीच भक्तपुरको होटलमा गोप्य बार्ता, विप्लवलाई मन्त्री बनाउने यस्तो छ तयारी



हाम्रो इकोनोमि

 

सरकार र प्रतिवन्धित विप्लव नेकपाबीच अनौपचारिक बार्ता शुरु भएको छ । नेकपा महासचिव बिष्णु पौडेलले विप्लव नेता हेमन्तप्रकाश ओलीलाई नख्खु जेलमा भेटेको एकसाता नवित्दै प्रधानमन्त्रीका भित्री बार्ताकार सोमप्रसाद पाण्डेले भक्तपुरको एक होटलबाट अनौपचारिक संवाद थालेका छन् ।

 

आइतवार नेकपा नेता पाण्डे र प्रतिबन्धित विप्लव नेकपाका नेताहरुबीच गोप्य वार्ता भएको छ । उनीहरुबीच दुई घण्टा छलफल भएको थियो । तर विप्लव पक्षबाट वार्तामा को सहभागी थिए ? उनीहरुको नाम भने सरकारी पक्षले गोप्य राखेको छ ।

 

बिप्लव नेकपालाई मुलधारको राजनीतिमा ल्याउन नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड छुट्टा छुट्टै कसरतमा थिए । प्रधानमन्त्री ओलीले महासचिव बिष्णु पौडेल र सोमप्रसाद पाण्डेलाई वार्ताको जिम्मेवारी दिएका थिए भने प्रचण्डले पूर्वगृहमन्त्री जनार्दन शर्मालाई वार्ताको जिम्मेवारी दिएका थिए ।

 

नेता जनार्दन शर्माले नेत्रबिक्रम चन्द विप्लव आफ्नो साथी भएका कारण वार्ता गर्न आफु इच्छुक भएको धारणा केही समयअघि सारेका थिए । तर प्रधानमन्त्री ओलीले महासचिव पौडेल र पाण्डेलाई जिम्मेवारी दिएका छन् । प्रधानमन्त्रीले जिम्मेवारी दिएका दुई नेताले छुट्टा छुट्टै वार्ताको प्रयास थालेका छन् ।

 

प्रधानमन्त्री ओलीका वार्ताकारले विप्लव समुहलाई फकाउन थालेका छन् । उनीहरुले विप्लवलाई मन्त्री बनाउने प्रस्ताव पनि गरेका छन् । तर विप्लव समुहले मन्त्रीका लागि आफुहरु भूमिगत नभएको जवाफ दिएका छन् । उनीहरुबीचको सम्वाद सकारात्मक भएपछि अबको वार्ता नेपाल बाहिर गर्ने तयारी दुवै पक्षले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...