एनिभर्सरीमा समेत श्रीमती शिल्पा सँगै नभएपछि छवीले पठाए यस्तो मार्मिक भिडियो सन्देश



हाम्रो इकोनोमि

 

बाघ’ निर्माताको ‘छवी’ बनाएका निर्माता छवी ओझाको छवी यतिवेला धमिलिन पुगेको छ ।

निर्माता ओझाको छवी फिल्मसँग सम्बन्धित विषयले भन्दा पनि घरेलु समस्याका कारण धुमिलिएको हो ।

यसअघि पनि पटक पटक वैवाहिक जीवनमा धोका बेहोर्दै आएका निर्माता ओझाको चौथो विहे पनि यतिवेला संकटमा परेको छ ।

नायिका समेत रहेकी शील्पा पोखरेलसँग करिब ३ बर्षअघि लगन गाँठो कसेका छवीको वैवाहिक सम्बन्धमा यतिवेला दरार उत्पन्न भएको छ ।

केही दिन अघि नायिका तथा छवीकी चौथी श्रीमतीको रुपमा भित्रिएकी शील्पाले प्रहरीमा श्रीमान छवीबाट ज्यान जोगाई पाउँ भन्दै प्रहरीमा उजुरी दिएपछि घटना सतहमा सार्वजनिक भएको हो ।

यही विषयलाई लिएर छवीले प्रहरीमा गएर शील्पासँग मिलापत्रको कागज समेत गरिसकेका छन् । यद्यपि, मिलापत्र भए पनि छवी र शील्पा यतिवेला सँगै छैनन् ।

उनीहरु अलग अलग बस्दै आएका छन् । हिँजो (आइतबार) उनीहरुको वैवाहिक जीवनको तीन बर्षे बर्षगाँठ समेत थियो । तै पनि उनीहरुले सँगै वैवाहिक बर्षगाँठ मनाउन पाएनन् ।

सुत्र टिभीको टिम छवीको कार्यालयमा पुग्दा उनी एक्लै टोलाएर बसेका थिए ।

उनीमा कुनै उमंग देखिएको थिएन । देखिओस पनि कसरी ? जीवन सँगै विताउने भनेर भित्र्याएकी जीवनसंगीनी वैवाहिक वर्षगाँठकै दिन उनीसँग थिईनन् ।

कुरा गर्दै जाने क्रममा छवीले भावुक हुँदै आफ्ना तीनवटै वैवाहिक जीवनका सुरुवात तथा समाप्तीको केस्रा केस्रा केलाए ।

उनी वास्तवमा यसअघिका कुनै श्रीमती तथा अहिले उनलाई नै उजुरी गरेर अलग बस्दै आएकी शिल्पाको बारेमा कुनै नकारात्मक देखिएनन् ।

उनले अहिले पनि शिल्पाका लागि आफ्नो दिल र घर दुबैको ढोका खुल्ला भएको बताए । उनले शिल्पाको खुशीको लागि जस्तो सँुकै त्याग गर्न पनि आफू तयार रहेको सन्देश समेत पठाए ।

छवीले अब अर्को कुनै घरबार जोड्ने प्रयासमा नलाग्ने र शिल्पाले आफूलाई छोडे एक्लै जीवन विताउने सोंचमा रहेको बताए ।

तर, आफू नै मारमा हुँदा पनि मिडियाबाजी नगरेकाले शिल्पाले आफूमाथि एकहोरो दोष थोपरेकोमा भने उनले निकै दुःख व्यक्त गरे ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...