बिना मगरले पाइन् सबैभन्दा कम नम्बर,सबैभन्दा धेरै प्रदीप ज्ञवालीलाई



हाम्रो इकोनोमि

 

आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रगतिका आधारमा सबैभन्दा कमजोर बिना मगरले सम्हालेको खानेपानी तथा सरसफाई मन्त्रालय भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सफ्टबेयरमार्फत सबै मन्त्रीलाई उनीहरुको कार्यसम्पादनका आधारमा नम्बर दिएको हो ।

पहिला मन्त्रालयहरुसँगै योजना माग गरेर त्यसैका आधारमा सम्पन्न भएका, काम सुरु भएका तर सम्पन्न हुन बाँकी रहेका र सुरु नै नभएका योजनाको प्रतिशतका आधारमा नम्बर दिइएको हो । खानेपानी मन्त्रालयले जम्मा ३९ नम्बर पाएको छ ।

मन्त्रालयले प्रधानमन्त्री केपी ओलीसमक्ष प्रतिबद्धता गरेको १ सय २२ योजनामध्ये जम्मा ४७ वटा मात्रै काम सम्पन्न भएको छ । बाँकी ४७ वटा काम भइरहेका छन् ।

२८ वटाको कामै सुरु भएका छैनन् । ती सबैको कूल मिलाउँदा खानेपानीले जम्मा २९ प्रतशित अर्थात २९ नम्बर पाएको हो ।

खानेपानी मन्त्रालयले गत वर्षको दसैंमा नै उपत्यकाबासीलाई मेलम्चीको पानी खुवाउने भनेको थियो । तर, उल्टै कमिसनमा कुरा नमिल्दा इटालियन ठेकेदार कम्पनीसीएमसीलाई भगाइएको छ । सचिव गजेन्द्र ठाकुर र मेलम्ची खानेपानी आयोजना प्रमुख सूर्यराज कँडेलले कमसिन नपाएको झोकमा भुक्तानी रोकेर ठेकेदार कम्पनी भगाएका हुन् ।

मन्त्रालयले बुझाएको वार्षिक प्रगति विवरण रिपोर्टमा मेलम्ची आयोजनाको यांग्रीदेखि लार्केसम्म पहुँच सडक निर्माण सुरु, दोस्रो चरणको मुआब्जा तथा क्षतिपूर्ति वितरण सुरु भएकोलाई प्रमुख उपलब्धीका रुपमा उल्लेख गरिएको छ ।

उपत्यकाका चक्रपथभित्र ७५ किलोमिटर थोक वितरण प्रणाली पाइपलाइन सम्पन्न गरेको, नौवटा पानीपोखरी निर्माण गरेको, दुई सयवटा खानेपानी आयोजनाको मर्मत सुधार गरेको र ६४ हजार ६ सय ६२ घरधुरीमा शौचालय निर्माण गर्नुलाई आफ्नो ठूलो उपलब्धी मानेको छ ।

मन्त्रालयगत वार्षिक प्रगतिका आधारमा सबैभन्दा धेरै नम्बर परराष्ट्र मन्त्रलयले पाएको छ । नेकपा नेता प्रदीपकुमार ज्ञवाली परराष्ट्रमन्त्री छन् ।

परराष्ट्रलु कूल लक्षित ८९ योजनामध्ये ६१ वटा सम्पन्न गरेको छ । चालु योजनाको संख्या २७ छ भने सुरु नै नभएको एउटा मात्र छ ।

प्रधानमन्त्री केपी ओलीले कार्यसम्पादनमा कमजोर मन्त्रीलाई हटाउने चर्चा चल्दै आएको छ । यद्यपि धेरैपटक मन्त्री हेरफेरको चर्चा चले पनि नेकपाभित्रको आन्तरिक समीकरण खल्बलिने डरले प्रधानमन्त्री ओलीले आँट गर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
एमालेमा उपाध्यक्षलाई विभाग र सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी तोक्ने तयारी

    नेकपा एमालेको भोलि बस्ने सचिवालय बैठकले नेताहरुको कार्यविभाजन प्रस्ताव पारित गर्ने...

प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो : एमाले

  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहले संसद्लाई छल्ने, अपमान गर्ने...

हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा आज पनि प्रधानमन्त्री बालेन शाहको...

प्रधानमन्त्री, मन्त्रीहरू सदनबाट भागे : हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्प्रति सरकार जवाफदेही नभएको भन्दै...