विप्लव सहितको कम्युनिष्ट शक्ति एक हुने भएपछि कांग्रेस आत्तियो



हाम्रो इकोनोमि

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आत्तिएको छ । पछिल्लो राजनीतिक समिकरण देखेर कांग्रेसमा झनै ठूलो छटपटी भएको एक बाम राजनीतिक विश्लेषकले बताएका छन् ।

लामो समय देखि सरकार विरोधी गतिविधि गर्दै आएको नेत्र विक्रम चन्द समूहले सरकारसँग वार्ता गर्ने औपचारिक निर्णय लिएपछि अरु शक्तिमा खपिनसक्नु भएको उनको दावी छ ।

केही समयदेखि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विप्लव समूह समेतको एकतामा विश्वकै बलियो कम्युनिष्ट शक्ति नेपालमा बन्ने दावी गरेका थिए ।

विप्लव समूह आए लगत्तै बाँकी रहेका सबै साना कम्युनिष्ट शक्ति समेत मिसिएर नेपालको नेकपा दुनियाँकै बलशाली राजनीतिक शक्ति बन्ने उनको दावी थियो ।

नभन्दै विप्लव समूह सरकारसँग वार्ता गरेर नेकपासँग एकिकरणका लागि छलफल अघि बढाउँने सुखद मुडमा राजनीतिक समिकरण देखिएको छ । यसका लागि सरकार लचिलो हुने र नेकपा पार्टी पंक्तिपनी एकताका लागि सहजिकरणमा लाग्ने भित्री छलफल चलिसकेको नेकपाका एक नेताले बताए । यही खालको भित्री छलफलपछि विप्लव समूहले लिखित प्रस्ताव आए वार्तामा बस्न तयार भएको औपचारिक निर्णय लिएको छ । उक्त समूहको साताअघि बसेको स्थायी कमिटी बैठकले सरकारले लिखित पत्र पठाए वार्ता बस्ने निर्णय गरेको हो ।

नागरिकलाई दुख हुने कार्य गर्न आफुहरु असमर्थ रहेकाले सरकारसँग वार्ता गरेर निकास खोज्ने उसको निश्कर्ष छ । नागरिक समाज, सञ्चारकर्मी र राजनीतिक दलले दिएको सल्लाह अनुसार वार्तामा बस्ने निर्णय गरेको नाम नखुलाउने सर्तमा एक नेताले जानकारी दिए । उनले भने, ‘यसअघि सरकारले पत्र पठाएको हल्ला मात्र गर्यो पत्र पठाएन् । यसपटक पार्टीले वार्ता बस्ने औपचारिक निर्णय गरेको छ । सरकार पनि इमान्दार भएर आउनुपर्छ ।

’ यसअघि चन्द समूहले पक्राउ परेका नेता–कार्यकर्तालाई रिहा नगरेसम्म वार्ता नगर्ने बताउँदै आएको थियो । यस्तै, वार्तामा आउने निर्णयलाई सरकारले कमजोरीका रूपमा लिए मुलुकका लागि दुर्भाग्य हुने उनीहरुको बुझाई रहेको छ । ठूलो संख्यामा नेता–कार्यकर्तालाई पक्राउ गर्दासमेत आम जनचाहनाअनुसार वार्तामा बस्ने निर्णय गरिएको हो । वार्तामा लागि सरकार कसरी प्रस्तुत हुन्छ त्यसमा भर पर्ने पनि उनले स्पष्ट पारेका छन् । उनले अहिले १ हजारभन्दा बढी नेता–कार्यकर्ता जेलमा छन् ।

यस्तै ३ जनाको मुठभेडका नाममा सरकारले ह*त्या गरेको उनको आरोप छ । उनले भने, ‘मान्छे मार्ने हाम्रो नीति छैन, मान्छे मारेर अब क्रान्ति हुँदैन तर सरकार चन्द समूहलाई हतियाररहित बनाउन भनेर हिँडेको छ । त्यो सपना नदेखे हुन्छ ।’ उनले आफूहरू सकभर वार्ताबाटै समाधान खोज्न तयार रहेको स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...