माधव नेपाल प्रधानमन्त्री , प्रचण्ड पार्टी अध्यक्ष हुने यस्तो छ गोप्य सहमति



हाम्रो इकोनोमि

 

नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तन हुने देखिएको छ। पार्टीका अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच सत्ता परिवर्तनबारे गोप्य सहमति भएसँगै ओली सत्ताबाट विस्थापित हुने देखिएको हो।

उसै पनि ओली नेतृत्वको सरकार एकपछि अर्को काण्डमा फस्दै  गएको छ। पार्टीभित्र, प्रतिपक्षी र आमजनताका साथै छिमेकी राष्ट्रको नजरमा समेत ओली अलोकप्रिय बन्दै गएका छन्।

 

एकातिर सरकार काण्डैकाण्डले बदनाम भइरहेको छ भने अर्कोतिर राष्ट्रवादी धार पनि गुमाउँदै गइरहेको छ। यस्तो बेला पार्टीका अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच पार्टीको बहुमतलाई जोगाउन र जनताका आकांक्षा पुरा गर्न ओलीलाई सत्ताबाट हटाउने र आफैं नेतृत्व लिने सहमति भएको प्रचण्डनिकट एक नेताले बताए।

 

उनका अनुसार प्रचण्ड पार्टी अध्यक्ष हुने र नेपाल प्रधानमन्त्री हुने प्रारम्भिक सहमति भएको छ। पछिल्लो समय नेकपामा प्रचण्ड र माधव समूह एक हुँदै गएका छन्। दुबैले पार्टीमा एक पद एक जिम्मेवारी हुनुपर्ने प्रावधानको पक्षमा वकालत गर्दै आएका छन्।

 

जसका कारण प्रधानमन्त्रीसमेत रहेका ओलीलाई अप्ठेरो पर्दै गएको छ। यहीबीचमा प्रचण्ड र माधव एक हुँदै सत्ता परिवर्तनमा लागेपछि ओली हच्किएका छन्। बालुवाटार स्रोतका अनुसार ओलीले प्रचण्ड सत्ता परिवर्तनको खेलमा लागेको बुझेका छन्।

 

अर्कोतिर ओलीको कार्यशैलीलाई चीन र पाकिस्तान पनि असन्तुष्ट छन्। खासगरी भारतीय तरकारीको विषादी परीक्षणमा पछि हटेकोमा पाकिस्तानले असन्तुष्टि जनाएको हो भने पछिल्ला अलोकप्रिय कामबाट पनि चीन असन्तुष्ट रहेको बताइन्छ। उता चीनले प्रचण्ड र माधव नेपाललाई हरियो झण्डा देखाइसकेको बताइन्छ। चीनले ग्रीन सिग्नल दिएपछि नै प्रचण्ड र माधव समूहबीच सहमति भएको हो।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...