बाढी पहिरोबाट मृतकको संख्या ६० पुग्यो, २६ वेपत्ता, १४ सयको उद्धार



हाम्रो इकोनोमि

 

बिहीबारदेखि बाढी, पहिरो र डुवानमा परी मृत्यु हुनेको संख्या ६० पुगेको छ । प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको दिउँसो साढे ४ बजेसम्मको तथ्यांकअनुसार बाढी पहिरोमा परी ३६ पुरुष र २४ महिलाको मृत्यु भएको हो  ।

प्रहरीका अनुसार बाढी पहिरोमा परी ३८ जना घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बाढी पहिरोमा परेर २६ जना बेपत्ता छन् । अहिलेसम्म एक हजार ४४४ जनाको सकुशल उद्धार गरेको छ  प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उनीहरुको सकुशल उद्धार गरेका हुन् ।

बाढी पहिरोमा परी प्रदेश एकमा सत्र, प्रदेश दुईमा सात, प्रदेश तीनमा बाह्र, प्रदेश पाँच र छमा दुई­दुईको ज्यान गएको छ । यसैगरी, उपत्यकाको दुई जिल्ला काठमाडौं र ललितपुरमा आठ जनाको मृत्यु भएको छ ।

देश १ अन्तर्गत भोजपुरमा पाँच, ओखलढुंगामा चार, खोटाङमा तीन, झापामा दुई, सुनसरी, उदयपुर, इलाममा एक­एक जनाको ज्यान गएको छ । प्रदेश २ अन्तर्गत धनुषा र बारामा दुई­दुई तथा पर्सा, रौतहट, सिरहामा एक­एक गरी सात जनाको मृत्यु भएको छ ।

प्रदेश ३ अन्तर्गत काभ्रे, मकवानपुरमा तीन­तीन, सिन्धुली र धादिङमा दुई­दुई तथा रामेछाप र चितवनमा एक­एक जनाको मृत्यु भएको छ ।

यसैगरी, प्रदेश ५ को पाल्पा र दाङमा एक­एक तथा प्रदेश ६ को डोल्पामा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौँ र ललितपुरमा एक­एक जना बेपत्ता भएका छन ।

यस्तै, प्रदेश १ को पाँचथरमा, झापा, उदयपुर र सुनसरीमा एक­एक तथा मोरङ र इलाममा तीन/­तीन जना बेपत्ता भएका छन । प्रदेश २ को पर्सा, रौतहट, महोत्तरी, सिरहा र धनुषामा एक/एक जना बेपत्ता छन । यस्तै प्रदेश ३ को सिन्धुलीमा ६ जना र धादिङमा एकजना बेपत्ता भएको प्रहरीले जनाएको छ । यस्तै प्रदेश ६ को डोल्पास्थित कासिल खोलाले बगाएर ११ जना बेपत्ता रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बाढी पहिरोमा परी उपत्यकामा पाँच, प्रदेश १ मा आठ, प्रदेश ३ मा १२ जना घाइते भएका छन । प्रहरीका अनुसार बाढी पहिरोमा फसेका उपत्यकाबाट १९४ जना, प्रदेश १ बाट १२ जना, प्रदेश २ बाट ८२७ जना, प्रदेश ३ बाट ७१ जनाको उद्धार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...