विश्वकप क्रिकेटको फाइनल आज : जित्ने टिमले कति पाउछ पुरस्कार राशी ?



हाम्रो इकोनोमि

 

विश्वकप क्रिकेटको आज फाइनल खेल हुदै छ । फाइनलमा यस पटक दुवै अहिलेसम्म विश्वकप नजितेका इङल्याण्ड र न्युजील्याण्ड पुगेका छन् ।

लिग चरणमा तेस्रो र चौथो स्थानमा रहेका यी दुवै टिमको भिडन्तमा कसले बाजी मार्ने हुन् अब सबै क्रिकेट प्रेमीको ध्यान त्यसतर्फ रहेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषदले विश्वकपमा एक करोड अमेरिकी डलर पुरस्कारको रुपमा वितरण गर्दै छ । जसमा विश्वकपको उपाधि जित्ने टिमले ४० लाख डलर पुरस्कार पाउने छ । त्यस्तै उपविजेताले २० लाख डलर पुरस्कार रकम पाउने छ ।

त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टिमले हरेकले ८-८ लाख अमेरिकी डलर पाउने छन् । त्यस्तै लिग चरणमा हरेक खेल जितेबापत प्रति खेल ४० हजार डलर पुरस्कार रकम पाउने छन् ।

त्यस्तै लिग चरण पार गर्न नसकेका ६ वटै टिमले एक-एक लाखका दरले रकम पाउने आइसीसीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...