विश्वकप क्रिकेटको फाइनल आज : जित्ने टिमले कति पाउछ पुरस्कार राशी ?



हाम्रो इकोनोमि

 

विश्वकप क्रिकेटको आज फाइनल खेल हुदै छ । फाइनलमा यस पटक दुवै अहिलेसम्म विश्वकप नजितेका इङल्याण्ड र न्युजील्याण्ड पुगेका छन् ।

लिग चरणमा तेस्रो र चौथो स्थानमा रहेका यी दुवै टिमको भिडन्तमा कसले बाजी मार्ने हुन् अब सबै क्रिकेट प्रेमीको ध्यान त्यसतर्फ रहेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषदले विश्वकपमा एक करोड अमेरिकी डलर पुरस्कारको रुपमा वितरण गर्दै छ । जसमा विश्वकपको उपाधि जित्ने टिमले ४० लाख डलर पुरस्कार पाउने छ । त्यस्तै उपविजेताले २० लाख डलर पुरस्कार रकम पाउने छ ।

त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टिमले हरेकले ८-८ लाख अमेरिकी डलर पाउने छन् । त्यस्तै लिग चरणमा हरेक खेल जितेबापत प्रति खेल ४० हजार डलर पुरस्कार रकम पाउने छन् ।

त्यस्तै लिग चरण पार गर्न नसकेका ६ वटै टिमले एक-एक लाखका दरले रकम पाउने आइसीसीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...