भारतीय तरकारी ४२ देशमा प्रतिबन्धित, नेपालका भन्सारदेखि भान्सासम्म खुला



हाम्रो इकोनोमि

 

भारतीय तरकारी तथा फलफूल आयात गर्न ४२ देशले रोक लगाएका छन् ।

नेपालमा भने त्यही विषादीयुक्त तरकारी भन्सारदेखि भान्सासम्म निर्वाध भित्रिरहेको छ ।

भारतको तरकारी विगत केही वर्षसम्म एसियादेखि युरोपेली मुलुकसम्म निर्यात हुन्थ्यो । विषादी धेरै पाइएपछि युरोपेली देशले त्यसको आयातमा प्रतिबन्ध लगाए । त्यसपछि एसियाकै ठूला देशले पनि प्रतिबन्ध लगाए । नेपाल, भुटान, बंगलादेश, श्रीलंका र थाइल्यान्डमा भारतीय उत्पादन पुग्ने गरेको थियो ।

थाइल्यान्डले सन् २०१३ मा प्रतिबन्ध लगायो । श्रीलंका र बंगलादेशले थाइल्यान्डकै बाटो पछ्याए । यी दुवै देशले सन् २०१६ मा भारतीय तरकारी र फलफूलमा प्रतिबन्ध लगाए । श्रीलंकामा जलमार्गबाट दैनिक हजारौं टन तरकारी र फलफूल आयात हुने गरेको थियो

। भारतले भने बंगलादेश र श्रीलंकाबाट माछा ल्याउन रोक लगाएको थियो । भुटानले पनि भारतीय तरकारी प्रतिबन्ध गरेको छ । पाकिस्तान र चीनले पहिल्यै भारती तरकारी ल्याउन प्रतिबन्ध गरेका थिए ।

यति धेरै देशले प्रतिबन्ध लगाउँदा पनि नेपालमा भने सरकारी तवरबाटै खुलेआम विषादीयुक्त तरकारी भित्रिरहेको छ । भारतबाट जाने ३० प्रकारका तरकारी तथा फलफूलमा विश्वभरबाट प्रतिबन्ध लाग्न थालेको छ । भारतकै कतिपय स्थानमा पनि ती उत्पादन प्रतिबन्धित छन् ।

विहारका मुख्यमन्त्री केही महिनाअघि मात्र अन्य प्रदेशबाट तरकारी आयातमा रोक लगाएका थिए । महाराष्ट्रले उत्तर प्रदेशको तरकारी ल्याउन प्रतिबन्ध लगाएको छ । उत्तर प्रदेशले महाराष्ट्रमा अग्र्यानिक उत्पादन पठाउने गरेको छ । त्यसमा पनि विषादी परीक्षण हुने गरेको छ ।

भारतका चर्चित खेलाडी युवराज सिंह सन् २०११ को विश्वकप क्रिकेट खेल्दा क्यान्सरका सिकार भएका थिए । तत्काल अमेरिका पुगी उपचार गराएर उनले ज्यान जोगाएका थिए । त्यसपछि विषादीयुक्त तरकारी र फलफूलविरुद्ध उनले जागरण अभियान चलाएका थिए । उनकै अभियानको प्रभावस्वरूप महाराष्ट्रमा उत्तर प्रदेशको तरकारी प्रतिबन्ध लागेको थियो ।

नेपालका आधा दर्जन नाकाबाट दैनिक सयौं मेट्रिक टन उत्तर प्रदेशको तरकारी भित्रिरहेको छ । अत्यधिक विषादी रहेको तरकारी परीक्षण गर्न नेपाल सरकारले भन्सार नाकामा कर्मचारी खटायो । तर, भारतीय दूतावासको दबाबमा विषादी परीक्षण रोकिएको छ ।

सर्वाेच्च अदालतले विषादी परीक्षण सुरु गर्न नेपाल सरकारलाई बाध्यकारी अन्तरिम आदेश जारी गरे पनि त्यसअनुरुप काम भएको छैन । भैरहवाको बेलुवा नाकामा प्रदेश ५ सरकारले केही परीक्षण थालेको छ । त्यो पनि प्रभावकारी नरहेको सरोकारवाला बताउँछन् । बेलहवा नाकामा संकलन गरिएको नुमना परीक्षणका लागि बुटवल पठाउने गरिएको छ ।

बुटवल पठाएर नमुना परीक्षण गरिए पनि तरकारी र फलफूल बोकेका भारतीय ट्रक फिर्ता भएका छैनन् । कर्मचारीकै मिलेमतोमा विषादीयुक्त तरकारी संघीय राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा निर्वाध रूपमा आयात भइरहेको छ ।

नेपालका कहाँबाट कति तरकारी आउँछ ? यस्तो छ ग्राफ

प्रतिक्रिया दिनुहोस
तर्साएर तर्सिन्नँ, फकाएर फकिन्नँ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले शेरबहादुर देउवा पक्षलाई समेटेर निष्पक्ष महाधिवेशन...

मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

    तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा कांग्रेस नेता किरण सिंह...

९६ प्रतिशत सकियो धान रोपाइँ

    देशभर हाल सम्म धान रोपाइँ ९६ प्रतिशतभन्दा बढी सम्पन्न भएको छ...

कांग्रेस असन्तुष्ट समूहले देउवासहितको राष्ट्रिय भेला गर्ने

    सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता विवादमा पुनरावलोकन गर्ने अनुमति दिएसँगै पूर्वसभापति शेरबहादुर...