कोरियाली कामदारको ज्याला बढ्यो, मासिक १७ लाख ९५ हजार पाउने



हाम्रो इकोनोमि

 

दक्षिण कोरियाले न्यूनतम पारिश्रमिक बृद्धि गरेको छ। बढेको ज्याला कार्यान्वयनमा आउनका लागि संसदबाट पारित हुनुपर्नेछ।

अगस्ट ५ को संसदले पारित गरेमा श्रमिकले आगामी बर्षको जनवरीदेखि डिसेम्बरसम्मको ज्याला २ दशमलब ९ प्रतिशत बढ्ने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ।

न्यूनतम पारिश्रमिक बृद्धि भएसँगै ईपीएसमार्फत कोरिया आएर कार्यरत ३३ लाख बढी कामदार लाभान्वित हुने छन्।

सरकार, मजदुर संगठन र व्यवसायीका प्रतिनिधीबीच विहीबार भएको १३ घन्टा लामो छलफल निष्कर्षमा नपुगेपछि मतदानमार्फत तलब बृद्धिको निर्णय भएको हो भन्ने खबर कान्तिपुर दैनिकमा छ।

नयाँ पारिश्रमिक अनुसार श्रमिकले सन् २०२० का लागि प्रतिघन्टा ८ हजार ५ सय ९० वन (७‍‍.३२ डलर) पाउने छन्। यस बर्षको न्यूनतम ज्याला प्रतिघण्टा ८ हजार ३ सय ५० वन छ।

ज्याला बृद्धि भएसँगै साताको न्यूनतम ४० घन्टा नघटाई मासिक २०९ घन्टा काम गर्ने श्रमिकले १७ लाख ९५ हजार ३ सय १० वन अर्थात १ लाख ६६ हजार ७ सय ७१ रुपैंयाँ पाउने छन् ।

Comment

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...