अष्ट्रेलियामा शक्तिशाली भूकम्प, एक मिनेटसम्म कम्पन



हाम्रो इकोनोमि

 

अष्ट्रेलियाको उत्तरपश्चिमी क्षेत्रमा आइतबार बिहान शक्तिशाली भूकम्प आएको छ । हिन्द महासागरको १० किलोमिटर तल केन्द्रविन्दु रहेको उक्त भूकम्प ६.६ म्याग्नीच्युडको रहेको सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् ।

भूकम्पले ठूलो क्षेत्रमा प्रभाव परेपनि घाइते तथा क्षतिको विवरण भने अहिलेसम्म नआएको उनीहरुको भनाई छ । अमेरिकी भूगर्भ मापन केन्द्रले भूकम्पपछिको आँधीको कुनै खतरा भने नरहेको स्पष्ट पारेको छ ।

ब्रुम प्रहरी विभागले झण्डै एक मिनेटसम्म घरहरु हल्लिए पनि कुनै क्षतिको विवरण प्राप्त भइनसकेको जानकारी दिएको छ । राष्ट्रिय प्रसारण एबीसीले भने सामान्य क्षतिका केही खबर आएपनि कसैको मृत्यु भएको वा कोही घाइते भएको खबर नआएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...