गर्भवती अवस्थामा सारिरिक सम्बन्ध राख्दा ध्यान पुर्याउनैपर्ने कुरा



हाम्रो इकोनोमि

 

 

दम्पतीलाई गर्भावस्थामा सारिरिक सम्बन्ध राख्नुहुन्छ वा हुँदैन भन्ने कुरामा अन्योल हुन्छ । यस विषयमा परामर्श लिन अप्ठ्यारो मान्ने भएकाले उनीहरू वास्तविकताबाट वञ्चित हुन्छन् ।

नौ महिनासम्म सारिरिक सम्बन्ध राख्न नपाउँदा असहज लाग्नु स्वाभाविकै हो । तर, अरू अवस्थामा भन्दा गर्भावस्थामा सारिरिक सम्बन्ध राख्दा केही सावधानी अपनाएमा यौन आनन्द लिन सकिन्छ ।

गर्भावस्थामा प्रायः महिलालाई सारिरिक सम्बन्ध राख्ने इच्छामा कमी आउन सक्छ । केही महिलालाई भने यौन सम्पर्क राख्ने इच्छा बढेको पनि पाइएको छ ।

त्यतिबेला महिलाको पेट बढ्ने, वाकवाकी लाग्ने, बारम्बार पिसाब लागिरहने आदि हुनाले सारिरिक सम्बन्धप्रति त्यति चाहना हुँदैन ।

गर्भावस्थाको पहिलो तीन महिनामा सारिरिक सम्बन्ध राख्नु हुँदैन । त्यतिबेला गर्भपात हुन सक्ने खतरा हुन्छ । त्यस्तै, सात महिनापछि पनि सारिरिक सम्बन्ध राख्नु हुँदैन ।

यतिबेला बच्चाको तौल बढ्ने र हाडहरूको विकास पनि तीव्र रूपमा भइरहेको हुन्छ ।

तीन महिनादेखि सात महिनाका बीचमा बच्चालाई असर नपुर्याउने आसनमा मात्र सम्भोग गर्नुपर्छ । महिला माथि र पुरुष तल बसेर गर्ने आसन, महिलालाई पछाडिबाट सम्भोग गर्ने आसन गर्भवती महिलालाई लाभप्रद हुन सक्छ ।

यस बेला कन्डमको प्रयोग गरेर सारिरिक सम्बन्ध राख्दा भ्रुणमा इन्फेक्सन हुन दिँदैन । योनिबाट रगत बग्ने, तल्लो पेट दुख्ने आदि भएमा सारिरिक सम्बन्ध तत्काल रोक्नुपर्छ ।

श्रीमतीसँगको सरसल्लाह एवं समझदारीमा मात्र सारिरिक सम्बन्ध राख्नुपर्छ । यस बेला पुरुषले सावधानीपूर्वक सारिरिक सम्बन्ध राख्नुपर्छ ।

उत्तेजनामा आएर ख्याल नगरी कदापि सम्बन्ध राख्नु हुँदैन । पुरुष कुनै पनि हालतमा सभ्भोग गर्ने मनस्थितिमा प्रस्तुत भयो भने बच्चालाई चोट पुगेर गर्भ तुहिन पनि सक्छ ।

गर्भावस्थामा उत्तेजनामा आएर मुख मैथुन, गुदा मैथुन गर्नु राम्रो हुँदैन । सकेसम्म कम उत्तेजनामा र बढी प्रेमपूर्ण भएर सारिरिक सम्बन्ध राखेको राम्रो हुन्छ ।

पहिला गर्भ तुहिएकाले सावधानी अपनाउनुपर्छ । यस्तो अवस्थामा चिकित्सकको सल्लाहविना तीन महिनादेखि सात महिनाका बीचमा पनि सारिरिक सम्बन्ध राख्नु हँुदैन ।

यो कुरामा अत्यन्त संवेदनशील भएर ख्याल पुर्याउनुपर्छ । गर्भधारणपछि पनि तुरुन्तै सारिरिक सम्बन्ध राख्नु हुँदैन । अपरेसन गरेर बच्चा जन्माएको वा योनि च्यातिएर सिजरिङ गरेको हो भने चिकित्सकको परामर्शविना सारिरिक सम्बन्ध गर्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस
नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन

    नागढुङ्गा-सिस्ने खोला सुरुङमार्ग आजदेखि औपचारिक सञ्चालनमा आएको छ । पूर्वाधार विकासमन्त्री,...

यो अन्तिम भोज नै त हैन होला : गोकुल बास्कोटा

नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का दुई...

एक वर्षमा भित्रिए १२ लाख पर्यटक

    आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १२ लाख ९ हजार ३५७ विदेशी...

एक बर्षमा १७ खर्ब ८१ अर्ब वैदेशिक व्यापार घाटा

    गत आर्थिक वर्ष २०८२/८३ मा २४ खर्ब भन्दा बढीको वैदेशिक व्यापार...