बाढी–पहिरोबाट मृतकको संख्या ५० पुग्यो, ३० जना वेपत्ता



हाम्रो इकोनोमि

 

बिहीबारदेखिको अविरल वर्षाका कारण हालसम्म ५० जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार बिहानसम्म २२ महिला र २८ पुरुष गरी जम्मा ५० जनाको मृत्यु भएको हो । यस्तै २५ जना घाइते भएकामा उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार १३ महिला र १७ पुरुष गरी जम्मा ३० जना वेपत्ता भएका छन् भने ११०४ जनाको जिवितै उद्दार गरिएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार प्रदेश नं– १ मा १७, प्रदेश नं– २ मा आठ, प्रदेश नं– ३ मा १३, प्रदेश नं– ५ र ६ मा दुई/­दुई र उपत्यकाको दुई जिल्लामा आठ गरी ५० जनाको ज्यान गएको हो।

उपत्यकाको काठमाडौंमा तीन र ललितपुरमा पाँच जनाले ज्यान गुमाएका छन् । प्रदेश नं– १ अन्तर्गत भोजपुरमा पाँच, ओखलढुङ्गामा चार, खोटाङमा तीन, झापामा दुई, सुनसरी, उदयपुर, इलाममा एक/­एक जनाको ज्यान गएको छ ।

प्रदेश नं– २ अन्तर्गत धनुषा र बारामा दुई­दुई तथा पर्सा, रौतहट, सिरहा,महोत्तरीमा एक/­एक गरी सात जनाको मृत्यु भएको छ। प्रदेश नं–३ अन्तर्गत काभ्रे, मकवानपुरमा तीन/­तीन, सिन्धुलीमा तीन र धादिङमा दुई तथा रामेछाप र चितवनमा एक/­एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै प्रदेश नं– ५ को पाल्पा र दाङमा एक/­एक तथा प्रदेश नं– ६ को डोल्पामा दुई जनाको मृत्यु भएको छ ।

बेपत्ता हुनेमा काठमाडौं र ललितपुरमा एक/­एक जना, प्रदेश नं– १ को पाँचथरमा, झापा, उदयपुर र सुनसरीमा एक­/एक तथा मोरङ र इलाममा तीन/­तीन जना छन्। प्रदेश नं– २ को पर्सा, रौतहट, महोत्तरी, सिरहा,र धनुषामा एक/­एक जना बेपत्ता छन्। प्रदेश नं– ३ को सिन्धुलीमा ५ जना र धादिङमा एक जना बेपत्ता छन्।

यस्तै, कर्णालीको डोल्पास्थित कासिल खोलाले बगाएर ७ जना बेपत्ता रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

घाइते हुनेमा उपत्यकामा पाँच, प्रदेश नं– १ मा आठ, प्रदेश नं– ३ मा १२ जना रहेका छन्। सुरक्षाकर्मीले उपत्यकाबाट १९४ जना, प्रदेश नं– १ बाट १२ जना, प्रदेश नं– २ बाट ८२७ जना, प्रदेश नं– ३ बाट ७१ जनाको उद्धार गरेको जनाएको छ। अहिले पनि उद्धारकार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...