ऐश्वर्या रायको दावीः ‘मनिषा कोइरालालाई हरेक महिना चाहिन्थ्यो नयाँ पुरुष’



हाम्रो इकोनोमि

 

९० को दशकमा बलिउडमा मनिषा कोइराला र ऐश्वर्या राय निकै चर्चित हिरोइन थिए ।

त्यतिबेला ऐश्वर्या र मनिषाबीचमा ठूलो फाटो थियो जतिबेला राजीव मुलचंदानी मनिषासँग नजिकिए ।

सलमान खान र विवेक ओबरोयभन्दा पहिले ऐश्वर्याको पनि राजीव मुलचंदानीसँग अफेयर थियो तर ऐश्वर्याले यो कुरा कहिल्यै स्वीकार गरिनन् बरु उनले आफ्नो ननाम मनिषाले जबरजस्ती राजीवसँग जोडिदिएको तर्क गरिन् ।

१९९९ मा उेश्वर्याले मनिषामाथि निकै गम्भीर आरोप लगाएकी थिइन् र एक म्यागजिनलाई दिएको अन्तरवार्तामा ऐश्वर्याले भनेकी थिइन् ‘राजीव र ऐश्वर्याको सम्बन्ध टुटेको भन्दै एक मिडियामा समाचार आएपछि मैले यसबारे राजीवलाई सोधेकी थिएँ ।

राजीव मेरो राम्रो साथी हुन् र म राजीव र मनिषाको लभस्टोरीमा दखल दिन चाहन्न । त्यतिबेला मैले थाहा पाएँ कि राजीव र मनिषा छुट्टिइसकेका छन् । मनिषा अर्कै युवकलाई डेट गर्दै थिइन् । मनिषा हरेक महिना नयाँ केटासँग हुन्थिन् ।

ऐश्वर्याले अगाडि भनिन् ‘समय बित्यो, म मिस वल्र्डको तयारीमा लागें । मिस वल्र्ड भएपछि म भारत आएँ र मनिषाको तमिल फिल्म बाम्बे हेरें ।

१ अप्रिलमा म मुम्बइ पुगें त्यही बेला राजीवले मलाई फोन गरे । मैले राजीवसँग भनें कि मनिषाले बाम्बेमा राम्रो काम गरेकी छिन् म उनलाई बधाइमा फूल पठाउन चाहन्छु ।

मेरो कुरा सुनेर राजीव हाँसे र मलाई उल्टै सोधे कि अखबार पढेकी छैनौ ?’ त्यतिबेला समाचारमा मनिषाको हवाला दिँदै लेखिएको थियो कि मनिषाले राजीव मुलचंदानीले ऐश्वर्यालाई लेखेका केही चिठी भेट्टाएकी थिइन् ।

चिठी राजीवकै ह्याण्डराइटिङमा थिए । त्यसपछि यी दुईको सम्बन्ध राम्रो हुन सकेन ।एजेन्सी

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...