नेपालले दियो मलेसियालाई १७४ रनको लक्ष्य, विनोद भण्डारीको विस्फोटक पारी



हाम्रो इकोनोमि

दोस्रो टी-२० मा विनोद भण्डारीको अर्धशतकको मद्दतमा नेपालले मलेसियालाई १७४ रनको लक्ष्य दिएको छ ।

मलेसियाले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । यो समाचार तयार पर्दासम्म उसले १०.२ ओभरमा दुई विकेट गुमाएर ७७ रन बनाएको छ ।

पहिलो विकेटका लागि ७५ रनको साझेदारी गरेका भिरनदीव सिंह र शेयद अजिज दुवै आउट भए । अजिजले ५० रन बनाउँदा सिंह २३ रनमा आउट भएका हुन् ।

यसअघि किनरारा ओभलमा टस जितेर व्याटिङ थालेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनायो । ओपनरद्वय पारस खड्का र पवन सरार्फले ३४ रनको साझेदारी गरे ।

पवन मात्र १० रनमा आउट भए । त्यसपछि नेपालले ज्ञानेन्द्र मल्ल र पारसको विकेट गुमायो । मल्ल ७ र खड्का २३ रनमा आउट भए ।

रोहितकुमार पौडेल र शरद भेषावकरले चौथो विकेटका लागि ४६ रनको साझेदारी गरे । रोहित १९ र शरद ४० रनमा आउट भए ।

छैटौं नम्बरमा आएका विनोद भण्डारीले विस्फोटक ब्याटिङ गर्दै अर्धशतक बनाए । उनले २५ बलमा तीन चौका र पाँच छक्काको मद्दतमा ५१ रन बनाए ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...