नेपालले दियो मलेसियालाई १७४ रनको लक्ष्य, विनोद भण्डारीको विस्फोटक पारी



हाम्रो इकोनोमि

दोस्रो टी-२० मा विनोद भण्डारीको अर्धशतकको मद्दतमा नेपालले मलेसियालाई १७४ रनको लक्ष्य दिएको छ ।

मलेसियाले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । यो समाचार तयार पर्दासम्म उसले १०.२ ओभरमा दुई विकेट गुमाएर ७७ रन बनाएको छ ।

पहिलो विकेटका लागि ७५ रनको साझेदारी गरेका भिरनदीव सिंह र शेयद अजिज दुवै आउट भए । अजिजले ५० रन बनाउँदा सिंह २३ रनमा आउट भएका हुन् ।

यसअघि किनरारा ओभलमा टस जितेर व्याटिङ थालेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनायो । ओपनरद्वय पारस खड्का र पवन सरार्फले ३४ रनको साझेदारी गरे ।

पवन मात्र १० रनमा आउट भए । त्यसपछि नेपालले ज्ञानेन्द्र मल्ल र पारसको विकेट गुमायो । मल्ल ७ र खड्का २३ रनमा आउट भए ।

रोहितकुमार पौडेल र शरद भेषावकरले चौथो विकेटका लागि ४६ रनको साझेदारी गरे । रोहित १९ र शरद ४० रनमा आउट भए ।

छैटौं नम्बरमा आएका विनोद भण्डारीले विस्फोटक ब्याटिङ गर्दै अर्धशतक बनाए । उनले २५ बलमा तीन चौका र पाँच छक्काको मद्दतमा ५१ रन बनाए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...