कोशी ब्यारेजका ५६ वटै ढोका खोलिए



हाम्रो इकोनोमि

 

अबिरल वर्षाका कारण पूर्वी पहाडी क्षेत्रमा आएको बाढीले सप्तकोशीमा पानीको बहाव इतिहासकै उच्च भएको छ । शनिबार राति ९ बजेको मापन अनुसार पानीको वहाव ३ लाख ७१ हजार ११० सय क्यूसेक पुगेको छ ।

सप्तकोसी पुल उच्च जोखिममा परेका कारण राती १० बजे कन्ट्रोल रुमले ५६ वटै ढोका खुल्ला गरेको सशस्त्र प्रहरी बल भण्टावारीका इन्स्पेक्टर सुरेन्द्र भण्डारीले जानाकारी दिएका छन् ।

वर्षा निरन्तर जारी रहेकाले सप्तकोशीमा पानीको बहाव थप बढ्न सक्ने भन्दै प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सतर्क अवस्थामा रहन अपिल गरेको छ ।

स्थानीय प्रशासनले तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह गर्दै सबै निकायलाई तयारी अवस्थामा राखेको छ ।

यता ४३ वटा मात्र ढोका खोल्दा समेत आफ्नो बिहार राज्य ढुब्ने खतरा रहेको भन्दै भारतले ब्यारेजका ढोका नखोल्न दबाब दिएको थियो ।

ढोका नखोले कोशी ब्यारेजको पुल नै भत्किने र पूर्व मधेस पूरै डुब्ने भय भएपनि नेपालले कोशीका सबै ढोका खोलिएको हो । कोशीका सबै ढोका खोल्नुपर्ने अवस्था अहिलेसम्म आएको थिएन ।

यसको असर नेपालसँग सीमा जोडिएका भारतका केही राज्यहरुमा उच्च देखिएको छ । विशेष गरेर भारतको बिहार राज्यमा यसको धेरै असर देखा परेको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

भारतको दक्षिणी राज्यहरुमा पानीको महासंकट छाइरहेको बेला बिहार लगायतका उत्तरी राज्यहरुमा वर्षाको जोडदार असर देखिएको छ ।

यी राज्यहरुमा नेपालको तुलनामा मानवीय क्षति कम भएपनि पुरै राज्य तलाउ बनेको बताइएको छ । पानीले घरहरु पुरै डुब्न लागेका दृष्यहरु त्यहाँका मिडियाले प्रकाशन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...