कार्यक्रमस्थलबाटै लखेटिए मन्त्री पण्डित, अङ्गरक्षकले मुस्किलले जोगाए



हाम्रो इकोनोमि

 

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित कार्यक्रमस्थलबाटै ‘लखेटिएका’ छन् । मन्त्री पण्डितलाई आदिवासी जनजाति युवा विद्यार्थीले सार्वजनिक कार्यक्रमस्थलबाट चर्को नाराबाजी लगाउँदै लखेटेका हुन् । शुक्रबार बिहान ललितपुरको जावलाखेलमा आयोजित आदिवासी जनजातिहरुको बैठक स्थलमा प्रवेश गरेका युवाहरुको समूहले मन्त्री पण्डितलाई कार्यक्रमस्थलबाटै धपाएका हुन् ।

शुक्रबार बिहानै आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १९ औं सञ्चालक परिषदको बैठक डाकिएको थियो । सो बैठकको अध्यक्षता गर्नका लागि मन्त्री पण्डित कार्यक्रमस्थलमा पुगेका थिए । भित्र बैठक चलिरहेका बेला बाहिर केही युवाहरु कालोझण्डा लिएर प्रदर्शनमा उत्रिएका थिए ।

 

लालबाबु पण्डित राजीनामा दे, लोकसेवाको विज्ञापन खारेज गरलगायतका नारा लगाउँदै ती युवाहरुले बैठकस्थलभित्रै प्रवेश गरेर नाराबाजी लगाउन थालेपछि मन्त्री पण्डित कार्यक्रमस्थल छोड्न वाध्य भएका थिए ।

बैठक समेत भाँडिएर स्थिति नियन्त्रण बाहिर जान थालेपछि अङ्गरक्षकले मन्त्री पण्डितलाई भीडबाट मुस्किलले जोगाएर गाडी चढाई मन्त्री क्वार्टरतर्फ लगेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । मन्त्रीमाथि नाराबाजी भएपछि बैठक स्थगित भएको आयोजकले बताएका छन् ।

सरकारले लोकसेवामार्फत स्थानीय तहका लागि खुलाएको नौं हजार १६१ विज्ञापनका समावेशी नभएको भन्दै आदिवासी जनजाति, दलित, महिला र पिछडिएका समुदायले असन्तुष्टि जनाउँदै आएका थिए ।

यता मन्त्री पण्डितले भने ती समुदायले विज्ञापन रोकी पुनः विज्ञापन हुनुपर्ने मागलाई वेवास्ता गर्दै लोकसेवाको विज्ञापन कानूनसम्मत नै रहेको बताउँदै आएका थिए । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसदहरुले समेत लोकसेवाको विज्ञापन संविधान विपरीत भएको बताउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...