गल्यो विप्लव समूह,भन्यो वार्तामा बस्न तयार छौँ



हाम्रो इकोनोमि

 

लामो समय देखि सरकार विरोधी गतिविधि गर्दै आएको नेत्र विक्रम चन्द समूह सरकारबाट लिखित प्रस्ताव आए वार्तामा बस्न तयार भएको छ । उक्त समूहको साताअघि बसेको स्थायी कमिटी बैठकले सरकारले लिखित पत्र पठाए वार्ता बस्ने निर्णय गरेको हो । नागरिकलाई दुख हुने कार्य गर्न आफुहरु असमर्थ रहेकाले सरकारसँग वार्ता गरेर निकास खोज्ने उसको निश्कर्ष छ ।

 

नागरिक समाज, सञ्चारकर्मी र राजनीतिक दलले दिएको सल्लाह अनुसार वार्तामा बस्ने निर्णय गरेको नाम नखुलाउने सर्तमा एक नेताले जानकारी दिए । उनले भने, ‘यसअघि सरकारले पत्र पठाएको हल्ला मात्र गर्यो पत्र पठाएन् । यसपटक पार्टीले वार्ता बस्ने औपचारिक निर्णय गरेको छ । सरकार पनि इमान्दार भएर आउनुपर्छ ।’ यसअघि चन्द समूहले पक्राउ परेका नेता–कार्यकर्तालाई रिहा नगरेसम्म वार्ता नगर्ने बताउँदै आएको थियो ।

 

यस्तै, वार्तामा आउने निर्णयलाई सरकारले कमजोरीका रूपमा लिए मुलुकका लागि दुर्भाग्य हुने उनीहरुको बुझाई रहेको छ । ठूलो संख्यामा नेता–कार्यकर्तालाई पक्राउ गर्दासमेत आम जनचाहनाअनुसार वार्तामा बस्ने निर्णय गरिएको हो । वार्तामा लागि सरकार कसरी प्रस्तुत हुन्छ त्यसमा भर पर्ने पनि उनले स्पष्ट पारेका छन् । उनले अहिले १ हजारभन्दा बढी नेता–कार्यकर्ता जेलमा छन् ।

 

यस्तै ३ जनाको मुठ*भेडका नाममा सरकारले ह*त्या गरेको उनको आरोप छ । उनले भने, ‘मान्छे मार्ने हाम्रो नीति छैन, मान्छे मारेर अब क्रान्ति हुँदैन तर सरकार चन्द समूहलाई हतियाररहित बनाउन भनेर हिँडेको छ । त्यो सपना नदेखे हुन्छ ।’ उनले आफूहरू सकभर वार्ताबाटै समाधान खोज्न तयार रहेको स्पष्ट पारेका छन् ।

 

वार्तामा बस्ने निर्णयसँगै विप्लव सहितको कम्युनिष्ट शक्ति बन्ने देखेपछि

कांग्रेस आत्तियो

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आत्तिएको छ । पछिल्लो राजनीतिक समिकरण देखेर कांग्रेसमा झनै ठूलो छटपटी भएको एक बाम राजनीतिक विश्लेषकले बताएका छन् । लामो समय देखि सरकार विरोधी गतिविधि गर्दै आएको नेत्र विक्रम चन्द समूहले सरकारसँग वार्ता गर्ने औपचारिक निर्णय लिएपछि अरु शक्तिमा खपिनसक्नु भएको उनको दावी छ ।

 

केही समयदेखि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विप्लव समूह समेतको एकतामा विश्वकै बलियो कम्युनिष्ट शक्ति नेपालमा बन्ने दावी गरेका थिए । विप्लव समूह आए लगत्तै बाँकी रहेका सबै साना कम्युनिष्ट शक्ति समेत मिसिएर नेपालको नेकपा दुनियाँकै बलशाली राजनीतिक शक्ति बन्ने उनको दावी थियो ।

 

नभन्दै विप्लव समूह सरकारसँग वार्ता गरेर नेकपासँग एकिकरणका लागि छलफल अघि बढाउँने सुखद मुडमा राजनीतिक समिकरण देखिएको छ । यसका लागि सरकार लचिलो हुने र नेकपा पार्टी पंक्तिपनी एकताका लागि सहजिकरणमा लाग्ने भित्री छलफल चलिसकेको नेकपाका एक नेताले बताए । यही खालको भित्री छलफलपछि विप्लव समूहले लिखित प्रस्ताव आए वार्तामा बस्न तयार भएको औपचारिक निर्णय लिएको छ । उक्त समूहको साताअघि बसेको स्थायी कमिटी बैठकले सरकारले लिखित पत्र पठाए वार्ता बस्ने निर्णय गरेको हो ।

 

नागरिकलाई दुख हुने कार्य गर्न आफुहरु असमर्थ रहेकाले सरकारसँग वार्ता गरेर निकास खोज्ने उसको निश्कर्ष छ । नागरिक समाज, सञ्चारकर्मी र राजनीतिक दलले दिएको सल्लाह अनुसार वार्तामा बस्ने निर्णय गरेको नाम नखुलाउने सर्तमा एक नेताले जानकारी दिए । उनले भने, ‘यसअघि सरकारले पत्र पठाएको हल्ला मात्र गर्यो पत्र पठाएन् । यसपटक पार्टीले वार्ता बस्ने औपचारिक निर्णय गरेको छ । सरकार पनि इमान्दार भएर आउनुपर्छ ।

 

’ यसअघि चन्द समूहले पक्राउ परेका नेता–कार्यकर्तालाई रिहा नगरेसम्म वार्ता नगर्ने बताउँदै आएको थियो । यस्तै, वार्तामा आउने निर्णयलाई सरकारले कमजोरीका रूपमा लिए मुलुकका लागि दुर्भाग्य हुने उनीहरुको बुझाई रहेको छ । ठूलो संख्यामा नेता–कार्यकर्तालाई पक्राउ गर्दासमेत आम जनचाहनाअनुसार वार्तामा बस्ने निर्णय गरिएको हो । वार्तामा लागि सरकार कसरी प्रस्तुत हुन्छ त्यसमा भर पर्ने पनि उनले स्पष्ट पारेका छन् । उनले अहिले १ हजारभन्दा बढी नेता–कार्यकर्ता जेलमा छन् ।

 

यस्तै ३ जनाको मुठभेडका नाममा सरकारले ह*त्या गरेको उनको आरोप छ । उनले भने, ‘मान्छे मार्ने हाम्रो नीति छैन, मान्छे मारेर अब क्रान्ति हुँदैन तर सरकार चन्द समूहलाई हतियाररहित बनाउन भनेर हिँडेको छ । त्यो सपना नदेखे हुन्छ ।’ उनले आफूहरू सकभर वार्ताबाटै समाधान खोज्न तयार रहेको स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...