चक्रपाणि खनालले भने मैले प्रधानमन्त्रीलाई पत्र देखाएको थिए



हाम्रो इकोनोमि

 

कृषिमन्त्री चक्रपाणि खनालले विषादी प्रकरणमा भारतीय दूतावासले पठाएको पत्र आफूले नै प्रधानमन्त्रीलाई देखाएको बताएका छन् । दूतावासको पत्रबारे जानकारी नगराउँदा आफूले आएको छैन भनेको र सार्वजनिक रुपमा लज्जित हुनु परेको भन्दै प्रधानमन्त्रीले माफी मागेका थिए । कृषिमन्त्री खनालले भारतीय पत्रबारे प्रधानमन्त्रीलाई जानकारी नगराएको पाएपछि आफूले नै देखाएको बताएका छन् ।

 

शुक्रबार बिहान विषादी परिक्षण प्रयोगशाला पुगेका मन्त्री खनालले भने, ‘यो पत्र आउँदा म बाहिर थिएँ । पररष्टलाई लेखिएको पत्रको बोधार्थ सबैतिर लेखियो ।’

उनले अघि भने, ‘पत्र आएको थाहा पाएपछि सम्माननीयज्यू (प्रधानमन्त्री)लाई मैले भनेको थिएँ, पत्र आएको रहेछ । मैले कृषि मन्त्रालयमा त भेटेँ भनेपछि उहाँले खोई हेरौं त भन्नुभयो । हेर्नुभयो र पत्र त आएको रहेछ, समयमा जानकारी भएन भन्नुभयो ।’

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...