काँग्रेसलाई सरकारले भन्यो दिनभरि वीपी, रात परेपछि विप्लव



हाम्रो इकोनोमि

 

 

सरकारका प्रवक्ता एवं सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल काँग्रेसलाई कडा प्रहार गरेका छन् । सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएको र पछिल्लो समय प्रहरीसँग भइरहेका मुठभेडका विषयमा काँग्रेसको धारणा स्पष्ट नभएको भन्दै उनले कडा प्रहार गरेका हुन् ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित कार्यक्रममा हिंसाबारे प्रमुख प्रतिपक्षको के हो भन्दै उनले भने, ‘दिनभरि वीपी, रात परेपछि विप्लव हो ?’

हिंसा गर्ने विप्लव समूह र हिंसा नगर भन्ने सरकारलाई काँग्रेसले एउटै नजरले हेर्ने हो भने काँग्रेस बेलैमा स्पष्ट हुनुपर्ने बताए । प्रवक्ताले बोलेपछि पार्टीकै कुरा हुने भन्दै उनी काँग्रेसप्रति आक्रामक भएका हुन् ।

भोजपुरमा प्रहरी मारिएको स्मरण गर्दै उनले हिंसा आतंकलाई प्रोत्साहित गर्दै जाँदा कहाँ पुगिन्छ भन्ने विगतलाई सम्झिन काँग्रेसलाई आग्रह गरे ।

सरकारले प्रतिबन्ध लगाएको विप्लव नेकपाको समर्थनमा काँग्रेसले सदन अवरोध गरेको आरोप लगाउँदै उनले काँग्रेसलाई बेलैमा प्रष्ट हुन आग्रह गरे । उनले भने, ‘घेराबन्दीमा सरकार होइन । हिँसालाई प्रोत्साहन गर्ने र रमाएर जानुको अर्थ छैन । शान्तिपूर्ण रुपमा गर्न पाईने काम संविधानले प्रष्ट पारेको छ ।’

हिंसाको साहारा लिएर सरकारलाई घेराबन्दी गर्न खोज्छु भन्ने सोचेको हो भने कोही पनि नउम्कने उनले बताए । सत्ता पक्षले मृत्युको व्यापार होइन जीवनको निरन्तरता खोजेको पनि मन्त्री बाँस्काेटाले स्पष्ट पारे ।

यस्तै, उनले वर्तमान सरकारलाई ढालेर वा नेकपालाई फुटाएर फाइदा लिउँला भन्ने कसैले सोचेको छ भने त्यो सपना मात्र हुने उनको टिप्पणी छ ।

‘नेकपा फुट्ला र भ्यागुताको धार्नी पुर्याउँला भनेर कसैलाई लाग्या छ भने पाँच वर्षसम्म नकस्सिए हुन्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...