काँग्रेसलाई सरकारले भन्यो दिनभरि वीपी, रात परेपछि विप्लव



हाम्रो इकोनोमि

 

 

सरकारका प्रवक्ता एवं सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल काँग्रेसलाई कडा प्रहार गरेका छन् । सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएको र पछिल्लो समय प्रहरीसँग भइरहेका मुठभेडका विषयमा काँग्रेसको धारणा स्पष्ट नभएको भन्दै उनले कडा प्रहार गरेका हुन् ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित कार्यक्रममा हिंसाबारे प्रमुख प्रतिपक्षको के हो भन्दै उनले भने, ‘दिनभरि वीपी, रात परेपछि विप्लव हो ?’

हिंसा गर्ने विप्लव समूह र हिंसा नगर भन्ने सरकारलाई काँग्रेसले एउटै नजरले हेर्ने हो भने काँग्रेस बेलैमा स्पष्ट हुनुपर्ने बताए । प्रवक्ताले बोलेपछि पार्टीकै कुरा हुने भन्दै उनी काँग्रेसप्रति आक्रामक भएका हुन् ।

भोजपुरमा प्रहरी मारिएको स्मरण गर्दै उनले हिंसा आतंकलाई प्रोत्साहित गर्दै जाँदा कहाँ पुगिन्छ भन्ने विगतलाई सम्झिन काँग्रेसलाई आग्रह गरे ।

सरकारले प्रतिबन्ध लगाएको विप्लव नेकपाको समर्थनमा काँग्रेसले सदन अवरोध गरेको आरोप लगाउँदै उनले काँग्रेसलाई बेलैमा प्रष्ट हुन आग्रह गरे । उनले भने, ‘घेराबन्दीमा सरकार होइन । हिँसालाई प्रोत्साहन गर्ने र रमाएर जानुको अर्थ छैन । शान्तिपूर्ण रुपमा गर्न पाईने काम संविधानले प्रष्ट पारेको छ ।’

हिंसाको साहारा लिएर सरकारलाई घेराबन्दी गर्न खोज्छु भन्ने सोचेको हो भने कोही पनि नउम्कने उनले बताए । सत्ता पक्षले मृत्युको व्यापार होइन जीवनको निरन्तरता खोजेको पनि मन्त्री बाँस्काेटाले स्पष्ट पारे ।

यस्तै, उनले वर्तमान सरकारलाई ढालेर वा नेकपालाई फुटाएर फाइदा लिउँला भन्ने कसैले सोचेको छ भने त्यो सपना मात्र हुने उनको टिप्पणी छ ।

‘नेकपा फुट्ला र भ्यागुताको धार्नी पुर्याउँला भनेर कसैलाई लाग्या छ भने पाँच वर्षसम्म नकस्सिए हुन्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...