नाटक देखाउन जर्मन पुगेका तीन युवती र एक युवक उतै भूमिगत



हाम्रो इकोनोमि

 

१८ असोज विहान पोखराका तीन युवती र एक युवक नाटक मञ्चनका लागि जर्मनी पुगे । पोखराको युथ क्रियसन थिएयटरका कलाकार रहेका ती युवा युवतीले जर्मनमा ‘घेरो’ नामक नाटक प्रर्दशन पनि गरे ।

तर नाटक प्रर्दशन गरेको २ घण्टापछि तीन युवती र एक युवक जर्मनमै भूमिगत भएका छन् ।

उनीहरु कुनै प्रयोजनका लागि नभई उतै लुकेर बस्नका लागि भूमिगत भएका हुन् ।

पोखराबाट जर्मन पु्गेका शर्मिला बस्नेत, सम्झना शर्मा, संरचना पौडेल (अञ्जना) र मधुसूदन पौडेल १८ असोजदेखि सम्पर्कविहनी बनेका छन् । जर्मनी सरकार मातहत प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको लोकसंगीत महोत्सवमा भाग लिन उनीहरु बर्लिन पुगेका थिए । महोत्सव जुलाई ५ र ६ मा सम्पन्न भएको थियो। त्यसपछि उनीहरु नेपाल फर्केका छैनन् । उनीहरुसँग भीषाका समय एक हप्ताको मात्र थियो ।

पोखराबाट जर्मन हिड्दा १२ जनाको टोली थियो । ८ जना नेपाल फर्केका छन् भने ४ जना उतै भूमिगत भएका छन् ।

युथ क्रियसन थिएयटरले मानव तस्कर गरेको आरोप लाग्न थालेको छ । ८ जना असार २३ गते नेपाल फर्किसकेका छन् ।

कलाकार लुकेकोबारे थिएटरका सचिव सौगात पोखरेलले फेसबुकमार्फत आधिकारिक धारणा सार्वजनिक गरेका छन्।

‘उनीहरु कार्यक्रम सकिएपछि विभिन्न बहानामा भागेका हुन्,’ थियटरका सचिव सौगात पोखरेलले फेसबुकमा पोखराका एक कलाकारले यसै विषयमा लेखेको स्टाटसमा कमेन्ट मार्फत भनेका छन्, ‘उनीहरुलाई लुकाउन वा भगाउन हामीमध्ये कसैले सहयोग गरेको भए वा पैसा लेनदेन गरेको भए कारबाहीको भागेदारी हुन तयार छौं।’

फरार भएकी मध्ये सम्झना शर्मा नाटक लेखक केदार पौडेलकी पत्नी हुन्। उनी कलाकार नभए पनि व्यवस्थापन पक्षले लेखकै पत्नी भएका कारण टोलीमा समावेश गरेको थियो।

युथ क्रियसन थिएटरका अध्यक्ष कपिल शर्माले नाटकको निर्देशन गरेका हुन्। गएको जेठ २४ गते काठमाडौंको सर्वनाम थिएटरमा समेत उक्त नाटक मञ्चन भएको थियो।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...