प्रधानमन्त्रीले ६ वर्षपछि यी नेतासंग किन गरे तीन घण्टा गोप्य वार्ता



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कार्यशैलीका आलोचक स्थायी समिति सदस्य घनश्याम भुसालसंग करीब तीन घण्टा गोप्य छलफल गरेको समाचार छ । २०७६ असार २५ गते बुधवारले दिएको समाचार अनुसार २०७६ असार २१ गते शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले भुसालसंग निकै लामो छलफल गरेका थिए । स्रोतका अनुसार, आफ्नै पार्टी अध्यक्षसंग भुसालले ६ वर्ष पछि लामो र गोप्य भेटवार्ता गर्ने अवसर पाएका हुन ।

 

पार्टी कार्यालय, संसदीय दल, औपचारिक फोरम र सामूहिक रुपमा नेताहरुसंगको औपचारिक फोरमहरुमा जम्काभेट हुने बाहेक प्रधानमन्त्री ओली र भुसालबीच लामो समयदेखि संवादहीनताको अवस्था रहेको कटु यथार्थबीच पछिल्लो छलफललाई अर्थपूर्णरुपमा हेरिएको छ ।

 

यसअघि ओली भुसालबीच २०७० माघ २२ मा संसदीय दलको निर्वाचन हुनुभन्दा केही दिन पहिले यस्तै लामो छलफल भएको थियो । २०७१ सालमा सम्पन्न तत्कालीन एमालेको नवौं महाधिवेशनको संघारमा थोरै समय संवाद भएपनि उनीहरुबीच लामो छलफल भएको थिएन ।

 

पार्टी अध्यक्ष ओलीसंग औपचारिक फोरमहरुमा आँखा जुधाएर सैद्धान्तिक तर्क गर्ने र उनका कार्याशैलीको कटु आलोचना गर्ने प्रतिपक्ष नेताको जस्तो भुसालको बाहिरी छवि बनेपनि यथार्थमा दुई नेताबीच ठ्याक्कै त्यस्ते प्रचारित सम्बन्ध पनि नभएको बताईन्छ ।

 

पार्टी एकता लामो समयसम्म नटुंगिएको, राजनीतिक दस्तावेज समेत प्रकाशनमा आईनसकेको मात्र होइन, पार्टी संचालनमा विधि प्रक्रिया र मापदण्डको विषय बारम्बार जोडदार उठ्दै गएको, पार्टी एकता कमजोर  हुँदा सरकारले कतिपय राम्रा काम गर्न खोज्दाखोज्दै पनि आफ्ना निर्णयमा क्रमश ब्याक  हुँदै गएको परिवेशमा ओली–भुसालबीचको भेटलाई अर्थपूर्णमा हेरिएको छ । यो भेटलाई बालुवाटार स्रोतले मात्र होइन भुसाल स्वमंले समेत गुपचुप राख्न रुचाएका छन् ।

 

‘‘उहा“हरुबीच धेरै लामै छलफल भयो, करीब तीन घण्टाको समयमा दुई तिहाइभन्दा बढी समय त लामो समयदेखिको सम्बन्धका उतारचढावलाई संस्मरणात्मक ढंगले नै अध्यक्षले प्रस्तुत गर्नुभयो,’ स्रमेतले भन्यो,‘अन्त्यतिर घनश्याम कमरेडले ब्यक्तिगत मामिलाभन्दा पनि राजनीतिक विषयमै छलफल गरौं भन्नेमै जोड गर्नुभएको तर, समय अभाव भएकाले छलफल त्यत्तिकैमा सकियो । भुसारलले पार्टीलाई विधिसम्मत ढंगले सञ्चालन गर्ने बित्तिकै अहिले आएका, देखिएका समस्याहरु मूलभूत रुपमा समाधान  हुँदै जाने र सकारात्मक वातावरण बन्ने’ सुझाव दिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...