विप्लवका आठ कार्यकर्ता मारिए, ५७९ जना पक्राउ



हाम्रो इकोनोमि

 

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाएको चार महिनामा विप्लव समूहका आठ कार्यकर्ता मारिएका छन् ।

 

यता हिजो मात्र भोजपुरमा प्रहरीतर्फ पहिलोपल्ट एक जना जवान सञ्जीव राई विप्लव कार्यकर्ताबाट मारिएका छन् । सरकारले गएको फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । विकासका पूर्वाधारमाथि बम विष्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामाथि खलल पार्ने काममा विप्लव समूह आक्रामक रुपमा लागेको भन्दै सरकार प्रतिबन्ध लगाउने निचोडमा पुगेको थियो ।

 

पछिल्लो समय ललितपुरको नख्खुमा एनसेल कार्यालयमा बम आक्रमणका क्रममा एक जनाको मृत्यु भएपछि विप्लव समूहमाथि काबाही नगरेको भन्दै सरकारमाथि दबाब बढेको थियो । उक्त घटनापछि सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगायो ।

 

प्रतिबन्धअघि विप्लवका १९० जना नेता–कार्यकर्ता पक्राउ परेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । प्रहरीले यो तथ्याङ्क २०७५ वैशाखदेखि फागुन २८ गतेसम्मको भएको जनाएको छ । पक्राउ परेका १९० जनामध्ये १७२ जनाबिरुद्ध मुद्दा दर्ता भएको छ ।

 

प्रहरीका अनुसार प्रतिबन्धपछि भने (फागुन २८ गतेदेखि असार २५ गतेसम्म) विप्लवका ५७९ जना नेता–कार्यकर्ता पक्राउ परेका छन् । तीमध्ये ५३६ जनाबिरुद्ध मुद्दा दर्ता भएको छ । जसमा ८७ जना पुर्पक्षको लागि कारागार चलान भएका छन् भने ७० जना अनुसन्धानको क्रममा रहेका छन् । ३९ जना सोधपुछपछि छुटेको र ३८३ जना मुद्दा दर्ता भइसकेपछि छुटेका छन् ।
यसबीचमा ३५२ जना विप्लव नेतृत्वको नेकपा परित्याग गरेर अन्य पार्टीमा प्रवेश गरेको समेत पाइएको छ ।

 

प्रतिबन्धपछि ८ जना विप्लव कार्यकर्ताले ज्यान गुमाए

नेपाल प्रहरीको तथ्याङ्कअनुसार प्रतिबन्धपछि हालसम्म ८ जना विप्लव कार्यकर्ताले ज्यान गुमाएका छन् । प्रहरीको कार्बाहीमा परी ३ जना र बम विष्फोटमा परी ५ जनाले ज्यान गुमाएका हुन् । यस्तै ७ जना घाइते भएका छन् ।

 

प्रहरीको कारबाहीमा परी सर्लाहीको लालबन्दीमा असार ५ गते एक जनाले ज्यान गुमाए । ज्यान गुमाउनेमा विप्लव नेतृत्वका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल रहेका थिए । नेकपाले यसलाई गैरन्याययीक हत्या भनिरहँदा गृहमन्त्री रामबहादुर थापाले भने पौडेलको सुरक्षाकर्मीसँगको दोहोरो भिडन्तमा नै मृत्यु भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...