युवतीहरुले किन रोज्छन् आफुभन्दा बढी उमेरका पुरुष



हाम्रो इकोनोमि

 

 

हाम्रो समाजमा श्रीमान् भन्दा श्रीमतीको उमेर कम हुन्छ । हामीकहाँ कुनै युवकका लागि लागि युवती खोज्दा तुलनात्मक रुपले कम उमेरकै खोजिन्छ ।

अर्थात युवकभन्दा युवतीको उमेर कम हुनुपर्छ । पितृसतात्मक सोंच-चिन्तनले पनि यसमा काम गरेको हुनुपर्छ ।

अर्कोतिर युवतीहरु पनि आफुभन्दा बढी उमेरका पुरुषसँग दाम्पत्य जीवन विताउने अभिलाषा प्रकट गर्छन् ।

उनीहरु प्रेम गर्दा होस् वा विवाह गर्दा, आफुभन्दा बढी उमेरका पुरुषसँग गर्न चाहन्छन् । गरिरहेका हुन्छन् पनि । किन ?

किनभने अक्सर युवतीहरु पुरुषबाट सुरक्षा पनि खोज्छ । सामाजिक सुरक्षा, आर्थिक सुरक्षा । युवतीहरु चाहन्छन्, हुनेवाला श्रीमान् परिपक्क होस् । कामको हिसाबले, उमेरका हिसाबले, सोच चिन्तनका हिसाबले, व्यवहार हिसाबले परिपक्क होस् । महिलाहरुमा सुषुप्त रुपले रहेको यही आकंक्षाले पनि उनीहरु आफुभन्दा बढी उमेरका पुरुषसँग सम्बन्ध गाँस्न रुचाउँछन् ।

 

सायदै होलान्, श्रीमान् र श्रीमतीको उमेर बराबर भएको । धेरैजसो श्रीमतीको भन्दा श्रीमानकै उमेर बढी हुन्छ । तर, कति बढी ? यसको पनि कुनै सीमा छैन ।

कोही श्रीमान्-श्रीमती १ बर्षका जेठो-कान्छो हुनसक्छन् । कतिमा भने १० वा ११ बर्षको उमेर अन्तर हुनेगर्छ । यस किसिमको उमेर अन्तरले दाम्पत्य सुखमा केही असर गर्छ ?

 

किनभने विवाह एक यस्तो सम्बन्ध हो, जसमा श्रीमान् र श्रीमतीबीच खास तालमेल हुन जरुरी छ । नभए त प्रेमले जोडिएको यो सम्बन्धमा खटपट आउन सक्छ ।

अतः तालमेल मिलाउनका लागि उनीहरुको व्यवहार, कार्यशैली, ढंग, सोच, चिन्तन सबै कुरामा तालमेल मिल्नुपर्छ । अतः यस्तो कुरामा तालमेल मिल्नका लागि उमेर पनि जिम्मेवार हुन्छ ।

जस्तो एकजना परिपक्क र अर्को कच्चा छन् भने उनीहरुवीच खास तालमेल हुँदैन ।

जर्जिया एटलान्टाको एमोरी युनिभर्सिटीको अध्ययनकर्ताले यसै सम्बन्धमा एक अध्ययन गरेको थियो । त्यसमा तीन हजार दम्पतीले भाग लिएका थिए । उक्त अध्ययनको ध्येय थियो कि, के कारण दाम्पत्य जीवन लामो समयसम्म सुमधुर रहनछ ।

अध्ययनका क्रममा उमेर, जाति, पढाई, रोजगार, धर्म, आय, परिवारमा सदस्य संख्याको जानकारी लिइयो । यस किसिमको डाटाबाट अध्ययनलाई भरपर्दो बनाउनका लागि रिलेशनसिप र प्रेमको दृष्टिबाट निष्कर्ष निकाल्न सहज भयो ।

यो अध्ययन केवल यही कुरा पत्ता लगाउनका लािग गरिएको थियो कि के वास्तवमा सफल र लामो सम्बन्धका लागि पार्टनरबीचको एज ग्यापले कुनै अर्थ राख्छ ? एजेन्सी

प्रतिक्रिया दिनुहोस
नबिल बैंकले सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

    नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित गरी मुलुकका विभिन्न...

बागमती प्रदेशका निजीक्षेत्रले पनि सबै सरकारी सूचना पाउने

    बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले सरकारी टेन्डरबाहेकका सबै सूचना निजीक्षेत्रलाई पनि...

क–कसलाई भेटे अमेरिकी विदेशमन्त्री कपुरले

  दक्षिण एसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल भ्रमण पूरा...

नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

    सुर्खेतस्थित प्रेदश अस्पतालमा सञ्चालित  ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १९४...