विप्लव समूहले प्रहरी जवान सन्जिव राईलाई लखेटेर गोली हानी हत्या



हाम्रो इकोनोमि

 

भोजपुरमा मारिएका प्रहरी जवान सन्जिव राईलाई विप्लव समूहका कार्यकर्ताले लेखेटेर होटलभित्र पुर्‍याएपछि गोली हानेको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रहरी जवान राई सादा पोशाकमा बुधबार विहान हटिया क्षेत्रमा पुगेका थिए । त्यही क्रममा उनी विप्लवका ओखलढुंगा इन्चार्ज नीरकुमार राईको समूहको निशानामा परेका हुन् ।

 

सादा पोशाकमा एक्लै भेटेपछि नीरकुमारको समूहले लेखेटेर पानधारे होटलभित्र पुर्‍याएको थियो । उनलाई त्यहीँ गोली हानेर लछापछार गर्दै बाहिर बाटोमा ल्याएको नाम उल्लेख नगर्ने शर्तमा एक प्रत्यक्षदर्शीले बताए ।

 

त्यही बेला पुगेको प्रहरीको गस्ती टोलीले विप्लव समूहका कार्यकर्तामाथि गोली चलाएको थियो । प्रहरीको गोली लागेर नीरकुमारको मृत्यु भएको छ । विप्लव समूहका एक कार्यकर्तालाई पनि गोली लागेको भनिएको छ, तर पुष्टि हुनसकेको छैन ।

 

घटनामा प्रहरीतर्फ जवान सोम भट्टराई घाइते भएका छन् । भट्टराईको भोजपुरमै उपचार भइरहेको छ । भोजपुरका प्रहरी जिल्ला अधिकारी नूरहरि खतिवडाले पनि विप्लव समूहका कार्यकर्ताले प्रहरीमाथि गोली हानेपछि गस्तीमा रहेको टोलीले जवाफी कारबाही गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...