विप्लव समूहले प्रहरी जवान सन्जिव राईलाई लखेटेर गोली हानी हत्या



हाम्रो इकोनोमि

 

भोजपुरमा मारिएका प्रहरी जवान सन्जिव राईलाई विप्लव समूहका कार्यकर्ताले लेखेटेर होटलभित्र पुर्‍याएपछि गोली हानेको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रहरी जवान राई सादा पोशाकमा बुधबार विहान हटिया क्षेत्रमा पुगेका थिए । त्यही क्रममा उनी विप्लवका ओखलढुंगा इन्चार्ज नीरकुमार राईको समूहको निशानामा परेका हुन् ।

 

सादा पोशाकमा एक्लै भेटेपछि नीरकुमारको समूहले लेखेटेर पानधारे होटलभित्र पुर्‍याएको थियो । उनलाई त्यहीँ गोली हानेर लछापछार गर्दै बाहिर बाटोमा ल्याएको नाम उल्लेख नगर्ने शर्तमा एक प्रत्यक्षदर्शीले बताए ।

 

त्यही बेला पुगेको प्रहरीको गस्ती टोलीले विप्लव समूहका कार्यकर्तामाथि गोली चलाएको थियो । प्रहरीको गोली लागेर नीरकुमारको मृत्यु भएको छ । विप्लव समूहका एक कार्यकर्तालाई पनि गोली लागेको भनिएको छ, तर पुष्टि हुनसकेको छैन ।

 

घटनामा प्रहरीतर्फ जवान सोम भट्टराई घाइते भएका छन् । भट्टराईको भोजपुरमै उपचार भइरहेको छ । भोजपुरका प्रहरी जिल्ला अधिकारी नूरहरि खतिवडाले पनि विप्लव समूहका कार्यकर्ताले प्रहरीमाथि गोली हानेपछि गस्तीमा रहेको टोलीले जवाफी कारबाही गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...