कांग्रेस नेता गगन थापा अमेरिकी एजेन्ट, यसरी पठाउँछन नेपालको गोप्य सूचना (प्रमाणसहित)



हाम्रो इकोनोमि

 

राष्ट्रले आफ्नो प्रभुत्व बढाउन कमजोर राष्ट्र माथि दुई प्रकारका प्रभावको प्रयोग गर्छन, एक हो “हार्ड पावर” भने अर्को हो ” सफ्ट पावर ” । “हार्ड पावर” अन्तर्गत नाकाबन्दी, व्यपारमा प्रतिबन्ध, सैनिक हस्तक्षेप आदी जस्ता कार्य पर्दछन भने “सफ्ट पावर” अन्तर्गत देशको कला संस्कृती, छात्रबृति, प्रभृत्व वर्गको लागि विदेश यात्रा, नागरिक अगुवाहरुलाई सम्मान आदीको प्रयोग गरि उक्त देशमा आफ्नो एजेन्डालाई मन्द रुपमा स्थापित गराउने गर्दछन ।

 

केहि समय अघि नेपाल स्थित अमेरिकी दुताबासले “हेर्नुस त! को स्कुलमा पढ्दैछ” भन्दै गगन थापाको एउटा फोटो ट्विट गरेको थियो। उक्त फोटोमा थापा हार्डवर्ड विश्वविद्यालय अन्तर्गतको केनेडी स्कुलमा “ Global Leadership & public policy for 21st century ” को १५ दिने तालिम लिँदै देखिन्थे। थापाको उक्त कोर्षको सम्पुर्ण खर्च अमेरिकी दुताबासले गरेको थियो।

 

शक्तीशाली राष्ट्रले अन्य देशमा आफ्नो प्रभाव बढाउन राजनितिक नेताहरु अनेक तारिकाबाट परिचालित गर्छन भन्ने नेपाली जनमानसलाई थाहा भएकै कुरा हो । थापाले उक्त कोर्स गर्नु कुनै नकारात्मक कुरा पनि हैन।

 

गगन थापाको अमेरिकी दुताबाससंगको नाता पुरानो देखिन्छ। अमेरिकी दुताबासका तत्कालिन डिपुटी चिफ अफ मिसन र्याण्डी बेरी (जो अहिले नेपालका लागि अमेरिकी राजदुत भएका छन) ले २००८ मा तयार पारेको “Nepal: Countdown continue: 38 days till CA Elections” शिर्षकको रिर्पोटमा गगन थापालाई नेपाली कांग्रेस भित्रका गतिविधीको सुचना लिने कार्यमा अमेरिकी दुताबासले प्रयोग गरेको प्रष्ट देखिन्छ। दुताबासको उक्त रिपोर्टमा गगन थापालाई “Key Embassy Contact” अर्थात “दुताबासका मुख्य सम्पर्क सुत्र” भनि सम्बोधन गरिएको छ।

 

रिर्पोटमा अमेरिकी दुताबासले निकट भविश्यमा हुन गइ रहेको संविधान सभाको निर्वाचनमा नेपाली कांग्रेसको तयारी र नेपाली कांग्रेसको अवस्थाको बारेमा थापासंग जानकारी मागेको छ। थापाले प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला बृद्ध र कमजोर भएकाले चुनावी सभालाई सम्बोधन गर्न नसक्ने र पार्टी प्रति विद्यार्थी संगठन मोहभंग भएकाले नेपाली कांग्रेसले राम्रो नतिजा ल्याउने नसक्ने भनि थापाले दुताबासका कर्मचारीलाई जानकारी गराएका छन। साथै तराईमा रहेका पहाडीमुलका जनताले नेपाली कांग्रेसले मधेसीलाई धेरै नै अधिकार दिएको भनेर असन्तुष्ट रहेकोले आगामी चुनावमा नेकपा एमालेलाई भोट दिन सक्के आफुलाई लागेको थापाले दुताबासका कर्मचारीलाई सुनाउँछन।

 

नेपाली कांग्रेसको कमजोर अवस्था भएकाले नेपाली कांग्रेसले संविधान सभाको निर्वाचन टार्नलाई हतकण्डा अपनाउन सक्ने रिपोर्टमा उल्लेख छ। तर मधेसी जनाधिकार फोरमले संविधान सभाको समानुपातिक चुनावको लागि लिष्ट दर्ता गराइ सकेपछि नेपाली कांग्रेसलाई चुनाव टार्ने त्यति सजिलो नभएको उक्त रिपोर्टमा भनिएको छ। यो रिपोर्ट पोस्टखबर डटकमबाट लिइएकोहो ।

 

पुरा रिर्पोट तलका तस्बिरमा

दैनिकीबाट

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...