मन्त्रिपरिषद बैठक सकियो यस्तो भयो निर्णय



हाम्रो इकोनोमि

 

सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठक सकिएको छ । नियमित सरुवा, बढुवा तथा केही विधेयकका विषयमा छलफल गरेर बैठक सकिएको हो । सिंहदरवारमा बसेको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले तरकारीको विषादी चेकजाँच आफ्नै तयारी पुरा नभएर स्थगित गरिएको जानकारी दिनुभयो ।

उहाले विषादी परीक्षण गर्ने सरकारको निर्णय फिर्ता लिने विषय कसैको पत्रका कारण नभएको पनि प्रष्ट पार्नुभयो । ‘हाम्रो व्यवस्थापनचाहिँ मूल कुरा हो। सरकार–सरकारका आ–आफ्नो चासोको बीचमा पत्र आउने–जाने हुन सक्छन्। त्यसलाई हामीलाई अन्यथा लिनुहुँदैनु’, उहाले भन्नुभयो,‘होहल्ला मच्चाउनुपर्दैनु, नागरिकको अधिकार र हाम्रो क्षमतालाई सँगै जोडेर लैजानुपर्छ।’

निर्णय गरिसकेपछि मात्रै क्षमता थाहा भएको कुरालाई मन्त्री बास्कोटाले ‘इरर’ भएको प्रतिक्रिया दिनुभयो । मन्त्रिपरिषद् हेरफेरका विषयमा सोधिएको प्रश्नमा उहाले त्यो कुरा प्रधानमन्त्रीको नितान्त विशेषाधिकार भएको दोहोर्‍याउनु भयो । के आज प्रधानमन्त्रीले त्यो विशेषाधिकार प्रयोग गर्नुभयो त ? भन्ने पत्रकारको प्रश्नमा प्रवक्ताले भन्नुभयो, ‘तपाईंहरु कुहिरीमण्डलमा हुनुहुन्छ र ?’ सामान्यतया मन्त्रिपरिषद् हेरफेर प्रधानमन्त्रीको एकल निर्णय हुन्छ । मन्त्री हेरफेरको विषयमा मन्त्रिपरिषद्मा छलफल नै हुदैन । त्यत्ति सामान्य विषय पनि पत्रकारले थाहा नपाउदा संचारमन्त्रीले सो जवाफ दिनु भएको हो ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...