प्रचण्ड र नेपाल निवासमा ओलीको सुराकी, कहाँ पुग्छ सूचना ?



हाम्रो इकोनोमि

 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपालका निवास सुराकीको घेरामा परेका छन् । नेकपाभित्र आन्तरिक किचलो सूरु भएलगतै प्रचण्ड निवास खुमलटार र नेपाल निवास कोटेश्वरमा सुराकीले निगरानी गरिरहेका छन् ।

 

दाहाल र नेपाल निवासमा को-को नेता आउने जाने गरेका छन् ? त्यसको जानकारी लिने गरी दुई नेताको घर नजिकै केही सुराकीले आफ्नो कोठा नै लिएर बसेका छन् । उनीहरुले लिएको सुचना कहाँ पठाउँछन् ?  ‘सुचना कहाँ पठाउँछन त्यो थाहा हुन सकेको छैन तर केही समयदेखि केही ब्यक्तिहरुले निगरानी राखेको हामीले चाल पाएका छौ’-प्रचण्ड निकट एक नेताले भने ।

 

तत्कालिन एमालेको महाधिबेशनका बेला नेपाल नेपाल कोटेश्वरमा केही सुराकी परिचालन भएका थिए । उनीहरुले भारतीय दूतावाससम्म सुचना पुरयाउने गरेको जानकारी नेपालको सचिवालयले चाल पाएको थियो । नेता नेपालको निवास नजिक कोठा भाडामा लिएर बसेका रुकुमतिरका एक युवालाई नेपालको सचिवालयले पहिचान पनि गरेको थियो ।

 

नेपाली थरका ति युवाले नेपाल निवास नजिकै कोठा भाडामा लिएर बसेका थिए । उनले त्यहाँका सुचना बाहिर दूतावाससम्म पठाउने गरेका थिए । उनी कहिलकाँही आफु तत्कालिन एमालेको विदेश विभाग प्रमुख भएको दावी पनि गर्ने गर्दथे ।

 

ठिक त्यही शैलीमा यतिबेला नेकपाका दुई नेताको निवासमा सुराकी परिचालन भएका छन् । उनीहरुले सुचना कहाँ पठाउँछन् त्यसको एकिन भने दुवै नेताको सचिवालयले गरिसकेको छैन । सुराकीमा रुपमा खट्टिएका ब्यक्तिमाथी दुवै नेताका सचिवालयले निगरानी बढाएका छन् ।

 

दाहाल र नेपालबीच यतिबेला राजनीतिक सम्बन्ध निकट बन्दैछ । केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओली अर्का अध्यक्ष दाहालसँग मिलेर वरिष्ठ नेता नेपाललाई किनारा लगाउने पक्षमा थिए । नेपाललाई किनारा लगाउनकै लागि चन्द्रागिरीमा दूई अध्यक्षले आवासीय सम्वाद पनि गरेका थिए । तर दाहालले नमानेपछि जिल्ला कमिटी र जनवर्गीय संगठनमा नेपाल पक्षले न्यायोचित स्थान पाएको थियो । उता राजनीतिक प्रतिवेदनमा जनता बहुदलिय जनवाद लेख्नु पर्ने ओलीको अडानलाई नेपालले साथ नदिएर प्रचण्डलाई गुन तिरे । यी दुई नेताबीच यतिबेला गहिरो सम्वाद पनि चलिरहेको छ ।

 

दुई नेताबीच गहिरो सम्वाद चलिरहेका बेला उनीहरुका निवास सुराकीको निगरानीमा परेका छन् । दाहाल र नेपालले कुन नेतालाई कुन समयमा भेट्ने गर्दछन् त्यसको सूचना लिने गरेका छन् भने दुई नेताको गहिरो सम्बन्धलाई लिएर प्रधानमन्त्रीका दुई सल्लाहकारले कडारुपमा सामाजिक सञ्जालबाट प्रतिक्रिया पनि दिन थालेका छन् । एकसाता अघि परराष्ट मामिला सल्लाहकार राजन भट्टराईले आक्रोसपूर्ण ट्वीट गरेका थिए भने आइतवार विहानै राजनीतिक सल्लाहकार विष्णु रिमालले तल्लो स्तरमा झरेर ट्वीट गरे ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो : एमाले

  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहले संसद्लाई छल्ने, अपमान गर्ने...

हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा आज पनि प्रधानमन्त्री बालेन शाहको...

प्रधानमन्त्री, मन्त्रीहरू सदनबाट भागे : हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्प्रति सरकार जवाफदेही नभएको भन्दै...

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना पक्राउ

     महालक्ष्मी नगरपालिका–७ स्थित चाँगाथलीमा नक्कली ब्राण्डेड मदिरा बनाउने ठाउँमा सशस्त्र प्रहरीले...