दाजुबहिनी नाता पर्ने युवक–युवती होटलको कोठामा यस्तो अवस्थामा फेला परेपछि…



हाम्रो इकोनोमि

 

आज बिहानै होटलको कोठामा दुई जना झुण्डेको अवस्थामा फेला परेको छ । महाकाली नगरपालिका–४ खलंगा बजारमा रहेको विष्ट बियर बारको एक कोठामा एक युवक र एक युवती झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । शैल्यशिखर नगरपालिका–५ का करिब २८ वर्षीय महादेव डागा र मालिकार्जुन–४ औतालेककी करिब २२ वर्षीया मनिषा रावल पङ्खामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरुले सोमवार राति ८ बजे खाना खाएर बिहान चाँडै उठाइदिनु भनेर कोठामा गएको होटल सञ्चालक जानकी विष्टले बताइन् । उनले भनिन्, ‘बिहानै उठाउन जाँदा ढोका खोलेनन्, झेन्टिलेसनबाट हेर्दा झुण्डिएको देखिएपछि प्रहरीलाई खबर गरेँ ।’ घटनाको जानकारी पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी दीपेन्द्र शाही घटना स्थल पुग्नु भएको छ ।

घटना स्थलको अध्ययनपछि आफन्तलाई खबर गर्ने र पोष्टमार्टमका लागि जिल्ला अस्पताल लैजाने तयारी भइरहेको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक हिम्मतबहादुर बोहराले जानकारी दिनुभयो । मृतकहरु दाजुबहिनी नाता पर्ने स्थानीयले बताएका छन् । मनिषाको दुई महिनाअघि विवाह भइसकेको थियो ।

प्रतिक्रिया दिनुहोस
तर्साएर तर्सिन्नँ, फकाएर फकिन्नँ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले शेरबहादुर देउवा पक्षलाई समेटेर निष्पक्ष महाधिवेशन...

मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

    तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा कांग्रेस नेता किरण सिंह...

९६ प्रतिशत सकियो धान रोपाइँ

    देशभर हाल सम्म धान रोपाइँ ९६ प्रतिशतभन्दा बढी सम्पन्न भएको छ...

कांग्रेस असन्तुष्ट समूहले देउवासहितको राष्ट्रिय भेला गर्ने

    सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता विवादमा पुनरावलोकन गर्ने अनुमति दिएसँगै पूर्वसभापति शेरबहादुर...