तोकिएको मितिमा साग सम्पन्न हुन्छ : सदस्य सचिव सिलवाल



हाम्रो इकोनोमि

 

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्य सचिव रमेश सिलवालले तोकिएकै समयमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) गर्ने चुनौती स्वीकार गरेर आफू नेतृत्वमा आएको बताएका छन् ।

तयारी नपुगेपछि सागको मिति तीन पटक सरिसकेको छ । चौथो पटक तोकिएको मिति आउन अब चार महिना मात्र बाँकी छ । त्यस्तो अवस्थामा राखेप सदस्य सचिव नियुक्त भएका सिलवालले चार महिनाभित्र साग सम्पन्न हुने बताए ।

 

राखेप अध्यक्ष तथा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सोमबार सिलवाललाई राखेप सदस्य सचिव नियुक्त गरेका थिए । उनले सोमबार नै सपथ ग्रहण गरेका छन् ।

 

लगत्तै सञ्चारकर्मीहरुसँग कुरा गर्दै सिलवालले भने, ‘साग तीन पटक सर्‍यो । अब सर्नु हुँदैन ।’ सागका लागि चार महिना बाँकी रहेको र त्यसमध्ये दुई महिना वर्षायाम रहेको भन्दै उनले क्यालेन्डर बनाएर काम नगेर सम्भव नभएको बताए ।

 

तर यो चुनौती स्वीकार गरेर आफू राखेपमा आएको भन्दै उनले बोलेर भन्दा एक्सनबाट विश्वास दिलाउने बताए । आफू जागिर खान नभई खेलकुद क्षेत्रमा केही गर्न सकिन्छ कि भनेर आएको भन्दै उनले भने, जीवनको दुई तिहाई सम्मानजनक ढंगले शीर ठाडो राख्ने गरी काम गरेको छु । एक तिहाईमा अझै सम्मानित ढंगले जीउन चाहन्छु ।’

 

कुर्सी कहिले बाँकी अन्धो हुने भन्दै उनले कमजारी भएका बेला सच्याइदिन सञ्चारकर्मीहरुलाई आग्रह गरे । उनले हनिमुन पिरियडमै भित्र रिजल्ट निकाल्ने गरी स्वच्छ र पारदर्शी रुपमा काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...