तोकिएको मितिमा साग सम्पन्न हुन्छ : सदस्य सचिव सिलवाल



 

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्य सचिव रमेश सिलवालले तोकिएकै समयमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) गर्ने चुनौती स्वीकार गरेर आफू नेतृत्वमा आएको बताएका छन् ।

तयारी नपुगेपछि सागको मिति तीन पटक सरिसकेको छ । चौथो पटक तोकिएको मिति आउन अब चार महिना मात्र बाँकी छ । त्यस्तो अवस्थामा राखेप सदस्य सचिव नियुक्त भएका सिलवालले चार महिनाभित्र साग सम्पन्न हुने बताए ।

 

राखेप अध्यक्ष तथा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सोमबार सिलवाललाई राखेप सदस्य सचिव नियुक्त गरेका थिए । उनले सोमबार नै सपथ ग्रहण गरेका छन् ।

 

लगत्तै सञ्चारकर्मीहरुसँग कुरा गर्दै सिलवालले भने, ‘साग तीन पटक सर्‍यो । अब सर्नु हुँदैन ।’ सागका लागि चार महिना बाँकी रहेको र त्यसमध्ये दुई महिना वर्षायाम रहेको भन्दै उनले क्यालेन्डर बनाएर काम नगेर सम्भव नभएको बताए ।

 

तर यो चुनौती स्वीकार गरेर आफू राखेपमा आएको भन्दै उनले बोलेर भन्दा एक्सनबाट विश्वास दिलाउने बताए । आफू जागिर खान नभई खेलकुद क्षेत्रमा केही गर्न सकिन्छ कि भनेर आएको भन्दै उनले भने, जीवनको दुई तिहाई सम्मानजनक ढंगले शीर ठाडो राख्ने गरी काम गरेको छु । एक तिहाईमा अझै सम्मानित ढंगले जीउन चाहन्छु ।’

 

कुर्सी कहिले बाँकी अन्धो हुने भन्दै उनले कमजारी भएका बेला सच्याइदिन सञ्चारकर्मीहरुलाई आग्रह गरे । उनले हनिमुन पिरियडमै भित्र रिजल्ट निकाल्ने गरी स्वच्छ र पारदर्शी रुपमा काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
बहुप्रतिक्षित टाटाको इभि पन्च एकैपटक चार शहरमा लन्च

    नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा – चितवन, पोखरा,

पहिलो पटक मनायो मधेश सरकारले संविधान दिवस

    मधेश सरकारले पहिलो पटक औपचारिक रूपमा संविधान दिवस मनाएको छ ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम

   संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष

ज्यानको खतरा रहेको भन्दै प्रहरीमा पुगिन् सीके राउतकी पत्नी

    जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी पत्नी सोनी सिन्धु सुरक्षाको माग