नेपाल एयरलाइन्स विदेशीलाई बेच्ने यस्तो छ गोप्य तयारी



हाम्रो इकोनोमि

 

नेपाल वायुसेवा निगमको संचालन तथा व्यवस्थापनमा विदेशी साझेदार भित्राइने नाममा विदेशीलाई बेच्ने तयारी भैरहेको बिषेश स्रोतको दाबी छ । निगमको संचालन तथा व्यवस्थापनमा विदेशी साझेदार भित्राइने भएको छ । ‘व्यवस्थापन करार’का माध्यमबाट निगम भित्रका केही विभागको नेतृत्व सम्हाल्न विश्वव्यापी बोलपत्र गरी विदेशी व्यवस्थापन साझेदार कम्पनी भित्राउने तयारी भइरहेको निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए ।

 

उनका अनुसार निगमको ‘अपरेशन’ र ‘इन्जिनियरिङ’ विभाग विदेशी व्यवस्थापन कम्पनीमार्फत गर्ने तयारी छ । त्यसबाहेक आवश्यक परेको बेला अन्य विभागमा पनि व्यवस्थापनले सहयोग लिन सक्ने गरी करार सम्झौता गरिने खरेलले बताए ।

 

उनका अनुसार निगम व्यवस्थापनले यसै साता एक समिति बनाएर व्यवस्थापन करारको ढाँचा निर्माणको काम शुरु गरिसकेको छ । बढीमा १० दिनभित्र यो समितिले प्रतिवेदन बुझाउने छ । त्यसपछि उक्त ढाँचा सञ्चालक समितिबाट पास गराएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाउने योजना छ । उक्त प्रस्ताव नेपाल सरकारले स्वीकृत गरेपछि विश्वव्यापी बोलपत्र आहृवान गरी दक्ष कम्पनीलाई नेपाल वायुसेवा निगमको व्यवस्थापनमा साझेदारका रुपमा भित्राउने योजना बनेको हो ।

 

के हो व्यवस्थापन करार ?

निगमले लामो समयेदखि व्यवस्थापन करारमा जाने योजना बनाए पनि ठोस निर्णय गर्न सकेको थिएन । १ जुलाईमा निगमको ६१ औं वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले निगमको सुधारका लागि व्यवस्थापनसँग व्यवस्थापन सुधारको ठोस कार्ययोजना माग गरेका थिए । सोहीअनुसार निगमले व्यवस्थापन करारका माध्यमबाट निगमको व्यवस्थापनलाई सुदृढ बनाउने योजना बनाएको हो ।

 

व्यवस्थापन करारको निर्णय बढीमा तीन महिनाभित्र निष्कर्षमा पुर्‍याउने योजना छ । व्यवस्थापन करारका रुपमा भित्रने कम्पनीले निश्चित जिम्मेवारीसहित निश्चित अवधिका लागि कम्पनीका विभागहरुको जिम्मेवारी लिन्छ । तर, यसमा आर्थिक हिस्सेदारी बाँडफाँट भने गर्नु पर्दैन ।

 

व्यवस्थापन करारका लागि निगमले गर्ने आर्थिक प्रस्ताव स्वीकार गर्ने कम्पनीले काम गरेवापत पारश्रमिक लिन्छ । निगमले आफूले सुधार गर्न नसकेका मुख्य विभाग इन्जिनियरिङ र सञ्चालन हुन् । ती विभागको नेतृत्व भने व्यवस्थापन साझेदारका रुपमा भित्रने कम्पनीले नै पाउने छ । उनीहरुले ती विभागबारे निर्णय लिन सक्ने अधिकार पाउनेछन् ।

 

संस्था बलियो बनाउने उद्देश्य

निगमका लागि सरकारले रणनीतिक साझेदार वा निजी-सार्वजजिक-साझेदारी मोडलमा लैजाने सम्बन्धमा बहस भए पनि त्यसमा जाने आँट भने गर्न सकेको छैन । यसको मुख्य कारण नै निगमको कमजोर आन्तरिक व्यवस्थापन हो ।

 

निगम बलियो भएकै अवस्थामा विदेशी कम्पनीले निगममा पैसा लगानी गर्न इच्छुक हुनेछन् । त्यसको तयारीका लागि प्रारम्भमा व्यवस्थापन करारबाट आन्तरिक व्यवस्थापन सुधारको योजना बनाइएको हो । निगमले रणनीतिक साझेदारमा जाने दीर्घकालीन लक्ष्य कार्यान्वयनकै लागि अहिले निगमको सम्पत्ति मूल्यांकन गर्ने काम समेत भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
आशा, अहंकार र प्रश्न: माननीय अर्थमन्त्रीलाई एक नागरिकको पत्र

  निता थापा केही दिनदेखि म हाम्रा माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका हरेक...

मोहन डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमिति निर्विरोध

    उर्जा उत्पादकहरुको संस्था (इप्पान)मा नयाँ कार्यसमिति चयन भएको छ । यसअघि...

काभ्रेमा बस दुर्घटना, ७ जनाको मृत्यु

   बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । दुर्घटनामा...

भदौको भन्दा सशक्त आन्दोलन गर्छौँ : महेश बस्नेत

     नेकपा एमालेको सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकार ढाल्ने गरी...