खुसीको खबर भन्दै प्रचण्डले सुनाए ओलीसँग भएको यस्तो सहमति



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनमा सहमति जुटेको बताएका छन् । उनका अनुसार भोलि प्रकाशनमा जानेछ ।

 

नेपाल दुरसञ्चार राष्ट्रिय कर्मचारी संगठनको एकता महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘एउटा खुसीको खबर सुनाउन सक्ने भएर आएको छु । आज विहान मात्रै बालुवाटारमा प्रधानमन्त्री र मेरोबीचमा एक वर्षदेखि सम्पूर्ण रुपले सहमति भएर प्रकाशनमा जान नसकेको राजनीतिक प्रतिवेदन टुंग्याइएको छ । त्यो भोलि प्रकाशनमा जाँदैछ ।’

 

पार्टी एकतामा यो ठूलो काम भएको उनले बताए । राजनीतिक प्रतिवेदन नहुँदा विचार, सिद्धान्त के हो ? कुन नेताले भनेको पार्टीको लाइन हो भन्ने परेको भन्दै प्रचण्डले भने, ‘आजबाट त्यो कम्फ्यूजन अन्त्य गर्ने निर्णय गरेका छौं ।’

 

उनले पार्टी एकता घोषणा गर्दा अबको महाधिवेशन एकताको हुने र त्यसमा विचार, राजनीति र नेतृत्वसम्वन्धी निर्णय सहमतिबाट गरिनेछ भनेर शीर्ष नेताहरुले हस्ताक्षर गरेको उनले स्मरण गराए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...