ऋण दिने बहानामा बलात्कार, नेपाल बंगलादेश बैंकका शाखा प्रमुख पक्राउ



हाम्रो इकोनोमि

 

विराटनगरमा एक महिलालाई बलात्कार गरेको आरोपमा धनपालथान गाउँपालिका ४ स्थित नेपाल बंगलादेश बैंक शाखा कार्यालयका प्रबन्धक पक्राउ परेका छन् ।

बलात्कृत महिलाको उजुरीको आधारमा झापाको बुधबारे घर भएका ४५ वर्षीय अमित बाँस्तोलालाई जिल्ला प्रहरी मोरङले पक्राउ गरेको हो ।

पीडितको उजुरीपछि बाँस्तोलालाई रंगेली ७ बाट पक्राउ गरिएको थियो ।

मोरङका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार प्रारम्भिक अनुसन्धानबाट शाखा प्रबन्धक बाँस्तोलाले चार लाख रुपैयाँ ऋण उपलब्ध गराइदिने बहानामा महिलालाई बलात्कार गरेको तथ्य खुलेको छ ।

बाँस्तोलालाई जिल्ला अदालत मोरङमा जबर्जस्ती करणी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...