एसीसी यू–१९ क्रिकेट: मलेसियालाई ७ विकेटले हराउँदै नेपाल फाइनलमा



हाम्रो इकोनोमि

 

नेपाल मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । मलेसियालाई ७ विकेटले हराउँदै नेपालले फाइनलमा स्थान बनाएको हो ।

मलेसियाले दिएको ८८ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो

नेपालको जितका लागि कप्तान रोहितकुमार पौडेल र भीम सार्कीले उत्कृष्ट साझेदारी गरे । सार्कीले ३४ बलमा ३३ रन र पौडेलले २९ बलमा ३१ रन बनाई अविजित रहे ।

ओपनर पवन सर्राफले १६ बलमा १८ रन बनाए । ओपनर रित गौतम १४ बलको सामना गरी जम्मा ३ रन बनाएर आउट हुँदा, खडक बोहरा शून्य रनमै आउट भएका थिए । छिट्टै लक्ष्य भेटाउने धुनमा खराब सट खेल्दा प्रारम्भिक ब्याट्सम्यान आउट हुन पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...