राउटेले यसरी मनाउछन् सुहागरात



हाम्रो इकोनोमि

 

सहरका युवायुवतीहरू विभिन्न पार्क तथा मन्दिरहरूमा भेट नै गफगाफमा समय बिताउँछन्, तर जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे युवायुवती कसरी रमाइलो गर्छन् होला ? यो जिज्ञासा मेट्न दुई वर्षसम्म विभिन्न समयमा फिरन्ते राउटेसँग साक्षात्कार गर्ने क्रममा केही रमाइला प्रेम प्रसंग अगाडि आए ।

 

अन्य समुदायमा जस्तै राउटे युवायुवतीहरू पनि आपसमा भेटघाट र रमाइलो गर्छन्। भेटघाटका लागि टाढै जानुपर्ने अवस्था नभए पनि बसोबास गरेकै स्थानमा एक्लै भेटेर कुराकानी गर्छन् । मस्केर कुरा गर्छन्। जंगलमा दाउरा लिन जाँदा, टहरा बनाउने काम गर्दा अनि चाडपर्वमा नाचगान गर्दा पनि उनीहरू भेटघाटको तालमेल मिलाउँछन्। राउटेहरूले सामान्यतः नुहाउन मन नगर्ने भए पनि युवतीहरू नुहाएर सफा हुन्छन्, सकेसम्म सिँगारपटार गर्छन्, उपलब्ध गहनामा ठाँटिन्छन्।

 

कतिपय युवती चिटिक्क परेर पनि बस्छन्। चिटिक्क परेका बेला उनीहरू राउटे युवतीजस्ता पनि देखिँदैनन्। युवायुवतीबीच प्रेम भएपछि मागेर विवाह गर्ने चलन छ। उनीहरू अभिभावकहरूसँग कुरा गरेर विवाहको तयारी गर्छन्। सामान्यतः केटाकेटीले मन पराएपछि अभिभावकहरूले अस्वीकार गर्दैनन्। छोराको विवाहका लागि मगनी गर्न अभिभावकहरूले केटीको घरमा ‘पाहुर’ लिएर जानुपर्ने चलन छ।

 

पाहुरस्वरूप मह, मासु आदि मीठा खानेकुरा लिएर जाने प्रचलन रहेको मुखिया मैनबहादुर शाहीले बताए। ‘मह दिएर खुसी पारेपछि बुहारी पाइने सम्भावना बढी हुन्छ। शाहीका अनुसार ‘उपहार स्वीकार गरेपछि छोरी दिनुपर्ने हुन्छ। विवाह पक्कापक्कीजस्तो हुन्छ। ‘ विवाहमा केटा पक्षले केटीलाई गहनाहरू दिने चलन हुन्छ। सिल्पटका चुरा, कानमा रिङ, पोतेजस्ता गहना र सम्भव भए एकसरो नयाँ कपडाले दुलहीलाई सिँगारिन्छ।

 

विवाहपछि सुहागरात कहाँ कसरी मनाउँछन् त रु ‘मिल्यो भने छुट्टै छाप्रो बनाएर बस्छौं। जंगलतिर एक्लै काठ काट्न र सिकार खेल्न जान्छौं’ राउटे युवती मैना शाहीले लजाउँदै भनिन्— ‘केही दिन रमाइलो गर भनेर सबैले छोडिदिन्छन्। परिवार र मुखियाले पनि केही काम लगाउँदैनन्।’ केटाकेटीले आपसमा मन पराएपछि बुहारी माग्न जाने, विवाहको मिति तय गर्ने र सानोतिनो भोज गरेर विवाह गर्ने चलन छ। भोजका रूपमा उनीहरू भात, मासु र जाँड बनाउँछन्।जनपार्टीबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...