राखेपको सदस्य सचिवमा रमेश सिलवाललाई नियुक्त



हाम्रो इकोनोमि

 

सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिवमा रमेश सिलवाललाई नियुक्त गर्ने तयारी गरेको छ । निवर्तमान सदस्य सचिव केशवकुमार विष्टको कार्यकाल असार ९ गते सकिएपछि सरकारले राखेपमा सिलवाललाई ल्याउन लागेको हो ।

 

सोमबार मन्त्रीस्तरीय निर्णयबाट उनको नियुक्ति हुने स्रोतले बताएको छ । सिलवाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि भेटेर यस विषयमा छलफल गरेका थिए ।

हाम्रो इकोनोमीसंग कुराकानीमा सिलवालले राखेपको सदस्य सचिवबारे टुंगो लागिसनसकेको बताए । उनले भने ‘मैले मेरो सबै कुरा राखिसकेको छु । अब भोलि निर्णय हुदैछ । हेरौं को बन्छ ?’

 

मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष रहिसकेका सिलवल गोल्डेन गेट कलेजका सञ्चालक र उच्च माध्यमिक विद्यालय एसोसिएसनका अध्यक्षसमेत हुन् ।

 

यसअघि सरकारले सिलवाललाई नेपाल क्रिकेट संघको तदर्थ समितिको संयोजक बनाएको थियो । सदस्यसचिवको दौडमा निर्वतमान सदस्यसचिव विष्टसँगै दानबहादुर तामाङ, नेपाल तेक्वान्दो युनियनका अध्यक्ष शिव कोइराला र सिलवाल थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...