राखेपको सदस्य सचिवमा रमेश सिलवाललाई नियुक्त



हाम्रो इकोनोमि

 

सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिवमा रमेश सिलवाललाई नियुक्त गर्ने तयारी गरेको छ । निवर्तमान सदस्य सचिव केशवकुमार विष्टको कार्यकाल असार ९ गते सकिएपछि सरकारले राखेपमा सिलवाललाई ल्याउन लागेको हो ।

 

सोमबार मन्त्रीस्तरीय निर्णयबाट उनको नियुक्ति हुने स्रोतले बताएको छ । सिलवाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि भेटेर यस विषयमा छलफल गरेका थिए ।

हाम्रो इकोनोमीसंग कुराकानीमा सिलवालले राखेपको सदस्य सचिवबारे टुंगो लागिसनसकेको बताए । उनले भने ‘मैले मेरो सबै कुरा राखिसकेको छु । अब भोलि निर्णय हुदैछ । हेरौं को बन्छ ?’

 

मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष रहिसकेका सिलवल गोल्डेन गेट कलेजका सञ्चालक र उच्च माध्यमिक विद्यालय एसोसिएसनका अध्यक्षसमेत हुन् ।

 

यसअघि सरकारले सिलवाललाई नेपाल क्रिकेट संघको तदर्थ समितिको संयोजक बनाएको थियो । सदस्यसचिवको दौडमा निर्वतमान सदस्यसचिव विष्टसँगै दानबहादुर तामाङ, नेपाल तेक्वान्दो युनियनका अध्यक्ष शिव कोइराला र सिलवाल थिए ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...