कञ्चनपुर, कैलाली र अछामका स्थानीय तहमा विप्लवको तालाबन्दी आतंक



हाम्रो इकोनोमि

 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कञ्चनपुर, कैलाली र अछामका  स्थानीय तहमा तालाबन्दी गरेको छ। कञ्चनपुरका ९ वटा र कैलालीका धेरैजसो स्थानीय तहमा विप्लव समूहले तालाबन्दी गरेको हो । पार्टीको सेती महाकाली ब्युरो नामबाट तालाबन्दी गरिएका कार्यालयअगाडि संसदीय व्यवस्था अन्त्य र सरकार खारेजी माग गरिएका पर्चासमेत राखिएका छन् ।

यस्तै,  अछामका १२ वटा वडा कार्यालयमा पनि विप्लव समूहले तालाबन्दी गरेको छ ।

स्थानीय तहमा व्याप्त भ्रष्टाचार र पार्टीका कार्यकर्ताको धरपकडसँगै झूटो मुठभेडका नाममा हत्या गर्ने शृंखला बढाउँदै लगेकाले विरोधमा प्रथम चरणको घोषित कार्यक्रमअन्तर्गत तालाबन्दी गरिएको पार्टीका नेताहरुले बताएका छन् ।

धनगढी उप–महानगरपालिका क्षेत्रका १४ वटा वडा कार्यालयमा तालाबन्दी गरिएको विप्लव समूहका एक नेताले बताए । तालाबन्दी गर्दै वडा कार्यालयमा नेपाल कम्युनिस्ट पार्टी सेती–महाकाली ब्युरोको पर्चासमेत राखिएको छ।

वर्तमान सरकारले राष्ट्रघाती, जनविरोधी र भ्रष्टाचारी निर्णय गरेकाले त्यसविरुद्ध पार्टीले सुरु गरेको अभियानअन्तर्गत तालाबन्दी गरिएको पर्चामा उल्लेख गरिएको छ । आफ्नो पार्टीलाई वर्तमान सरकारले लगाएको प्रतिबन्धविरुद्ध पनि चरणबद्ध आन्दोलन जारी रहेको पर्चामा लेखिएको छ।

कैलालीको लम्कीचुहा नगरपालिकामा कार्यालयमै भेटिएका कर्मचारी र जनप्रतिनिधिलाई विप्लव समूहका कार्यकर्ताले शनिबार बेलुका थुनेका थिए। राति साढे ८ बजे कार्यालयमै काम गरिरहेका बेला दुई कर्मचारी र जनप्रतिनिधिलाई विप्लव समूहले बाहिरबाट ताला लगाएर थुनेको हो।

स्रोतका अनुसार नगरपालिकाका लेखापाल सरोज चौधरी र कार्यालय सहयोगी बगेन्द्र सुनारसहित केही जनप्रतिनिधि रातिको समयमा लेखा फाँटमा काम गरिरहेका थिए।

विप्लव समूहको सेती महाकाली ब्युरोले अछामका मंगलसेन नगरपालिकाको वडा नम्बर-१ कुन्ती, १३ बस्ती, ढकारी गाउँपालिकाको वडा नम्बर-२ हिच्मा, तुर्माखाद गाउँपालिकाको वडा नम्बर-२ भुलु र ७ तोषीमा पनि तालाबन्दी गरेको छ ।

यस्तै, पञ्चदेवल विनायक नगरपालिकाको कालेकाँडा, बाराला, लयाँटी र पुल्लेतोला तथा रामारोशन गाउँपालिकाको वडा नम्बर-३ शान्तडा, ४ बाटुलसैन र ६ भटाकाटियाका वडा कार्यालयमा तालाबन्दी गरिएको छ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...