नेपाली चिया भारतले चेकजाँच गर्न हुने तर नेपालले भारतीय तरकारी जाँच गर्न किन नहुने भिम रावल
लामो समय देखि सरकारले गर्ने हरेक निर्णहरुमा आपत्ति जनाउँदै आउँनु भएका नेकपा नेता भिम रावलले फेरि पनि विरोध गर्नुभएको छ । भारतको दबावपछि तरकारी र फलफूलमा विषादी परीक्षण रोकिएको विषयमा सत्तारूढ दल नेकपा नेता भीम रावलले आपत्ति जनाउनु भएको हो । उहाँले सर्वभौम सरकारी अधिकारी प्रयोग गर्न सरकार चुकेको आरोप लगाउनु भएको छ । आज बसेको नेकपा संसदीय दलको बैठकपछि संचारकर्मीसँग कुराकानी गर्दै नेता रावलले सरकारको कदमप्रति आपत्ति जनाउनु भएको हो ।
विश्व व्यापार संगठनमा गरिएको सम्झौताअनुसार नै कुनै पनि देशले तरकारी वा वनस्पती आयात गर्ने क्रममा निश्चितम मापदण्ड तोक्न पाउने व्यवस्था गरिएको विषय रावलले स्मरण गराउनुभयो । उहाँले भन्नुभयो, ‘आयातित सामग्री कस्तो छ भनेर चेक गर्छुभन्दा नगर्ने भन्ने अनि कसैले नगर भन्दैमा निर्णय फिर्ता लिने । यो सार्वभौम देशको अधिकार भित्रको रक्षा सरकारले गर्नु पर्छ ।’ आयात हुने तरकारी तथा फलफूलको अवस्था जाँचबुझ गर्ने यसअघिको सरकारको निर्णय सही भए पनि फिर्ता लिने निर्णयले सरकारले जनताप्रति कर्तव्य निर्वाहामा विमुख देखिएको उहाँको दाबी छ ।
भारतले पनि अन्य देशबाट मात्रै नभई नेपालबाट जाने चिया रोकेर चेकजाँचको लागि नमूना कलकोत्ता पठाएको विषयमा पनि रावलले ध्यानकर्षण गराउनुभयो । भारतले चर्को दबाब दिएपछि वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषदले सीमामा तरकारी तथा फलफूलको विषादी जाँच्ने निर्णय फिर्ता लिएको हो ।
सरकारले गत जेठ १० गते भारत र तेस्रो मुलुकबाट आयात हुने तरकारी र फलफूलको विषादी परीक्षण गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को उक्त निर्णयपछि असार २ गते राजपत्रमा सूचना निकालेर भन्सारमा चेकजाँच थालिएको थियो । सरकारले सीमामा विषादी परीक्षणस्थल आगामी ६ महिनामा बनाइसक्ने गरी आफ्नो निर्णय फिर्ता लिएको बताएको छ ।
सरकार भारतसँग झुक्यो भन्नेहरुलाई प्रधानमन्त्री ओलीको यस्तो
कडा जवाफ
प्रधानमन्त्री केपी शर्मा ओलीले क्वारेन्टाइनको उचित व्यवस्थापनपछि भारतबाट आउने तरकारीमा विषादी परीक्षण गरिने बताउनुभएको छ । संसदीय दलको शनिबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कतै–कसैको दबाबका आधारमा विषादी जाँचपासबाट सरकार पछि नहटेको स्पष्ट पार्नुभयो । “भारतबाट पत्र आयो ! खोई कसलाई पत्र आयो मैले थाहा पाइनँ । कसले पढ्यो त्यो पत्र मैले बुझेको छैन”, प्रधानमन्त्री ओलीले भन्नुभयो,– “मन्त्रालयहरुबाट हाम्रो पर्याप्त तयारी बिना यस्तो भयो । त्यस कारण अलिकति समस्या प¥यो । हाललाई यसलाई छोड्नु प¥यो र हामीले क्वारेन्टाइनहरु सुदृढ गर्नु प¥यो, क्वारेन्टाइन विकास गर्नु प¥यो अनि यसलाई लागु गर्नु प¥यो भनेर हाम्रा मन्त्रालयहरुबाट प्रस्ताव आएपछि त्यसलाई हामीले सदर ग¥यौं हालका निम्ति ।”
प्रधानमन्त्री ओलीले सिमामा विषादी जाँचपासको व्यवस्था भएपछि यो प्रक्रिया सुरु हुने बताउनुभएको छ । “त्यसलाई जाँच्न सक्ने अवस्था हामी विकास गर्दै छौं । त्यतापट्टि सरकारको ध्यान छ । त्यो सरकारको ध्यान छ भन्ने कुरा यसमा प्रकट भयो । तर ध्यान अलिकति एक स्टेप फरवार्ड भएछ । अलि बढी छिटो भयो ।
” प्रधानमन्त्री ओलीले सरकारले जनताले शुद्ध र विष रहित खानेकुरा खान पाउन् भन्ने सरकारको चाहना भएको बताउनुभएको छ । “विषादीयूक्त चिज खानु हँदैन । त्यो हामीले नै भनेको हो । अहिले जान्ने धेरै निस्किए । त्यो हामीले नै भन्यौं । अनि सबैको ध्यान गयो ।” प्रधानमन्त्री ओलीले भन्नुभयो– “नेपाललाई हामी अर्गानिक बनाउँन चाहन्छौं । खाने कुरा शुद्ध होस् । हाम्रो भान्सामा विष नपुगोस । त्यो हाम्रो आकांक्षा हो । चाहना हो । र, यसलाई हामी पुरा गर्छौं ।”
संसदीय दलको बैठकमा भारतबाट आउने तरकारीमा भएको विषादी परीक्षणको सम्बन्धमा प्रधानमन्त्री ओलीको भनाइ जस्ताको त्यस्तै हामीले क्वारेन्टाइनहरु सुदृढ गर्नु प¥यो, क्वारेन्टाइन विकास गर्नु प¥यो अनि यसलाई लागु गर्नु प¥यो भनेर हाम्रा मन्त्रालयहरुबाट प्रस्ताव आएपछि त्यसलाई हामीले सदर ग¥यौं हालका निम्ति । जाँच्ने नै तपाईसँग छैन. भने जाँच्न पर्छ भनेर के गर्नु हुन्छ ? त्यो जाँच्ने हामी भर्खर स्थापना गर्दै छौं अनि, स्थापना हुदैँछन् जाँच केन्द्रहरु ।
त्यस कारण अहिले त्यो पर्याप्त अवस्था नभइकन, हामीले हाम्रो देश भित्र पनि अघि एक जना साथीले भन्नु भयो, बिषको सीमा हुदैन भित्रको भएपनि विष हो, बाहिरको भएपनि विष हो । विषादीयुक्त खानेकुरा खान हुदैन । जनतालाई खान दिन हुदैन तर विषादीयुक्त विक्री हाम्रा पनि भएका छन् भने हामीले त्यो जाँच्न सकिराखेको अवस्था छैन् । त्यो वास्तवमा के हो भने हामीले नसक्ने गरी, त्यो परीक्षण गर्न नसक्ने गरीको अवस्थामा भयो । तसर्थ यसमा हामी स्पस्ट हुन जरुरी छ । यहाँ निर हामीले केही झुकेर, दवामा परेर आदि, इत्यादी भन्ने कुरा होइन ।
त्यो भन्दा हामीले यो संयुक्त चेक पोष्टहरु राख्यौं, ति चेक पोष्टहरु एउटा चल्यो । विराटनगरमा सुरु हुदैछ । अरु बनिसकेको छैनन् । चालु नै छैनन् । यस्तो स्थितिमा जब संयुक्त चेक पोष्ट र जाँचका सामग्रीहरु त्यो अवस्था तयार भइसकेको छैन भने हाम्रो हतारो साथ अलिकति गरिएछ भन्ने कुरा हामीले ठान्नु प¥यो । त्यस कारण हतारो भएको कुरालाई महशुस गरेर नै मन्त्रालयले त्यो प्रस्तावहरु ल्याएर, त्यो प्रस्तावलाई क्वाविनेटले पास ग¥यो । इच्छा मात्र गरेर हुदैन कतिपय कुरा त्यो । तर त्यो लागु भइहाल्ने स्थिति अलिक नभएको हो ।