एक छोरा र दुई छोरीसहित आत्महत्या गर्न एक महिलाले कोशी नदीमा हाम फालिन



हाम्रो इकोनोमि

 

आफ्ना छोरा र छोरीसहित आत्महत्या गर्न कोशी नदीमा हाम फालेकी महिला र उनको छोराको उद्धार गरिएको छ । तर छोरीहरु भने अझै फेला पर्न सकेका छैनन् । सप्तकोशीको कोशी ब्यारेजबाट हाम फालेकी महिलाको नाम भने प्रहरीले सार्वजनिक गर्न चाहेको छैन ।

 

शुक्रवार छोराछारीसहित सप्तकोशीमा हाम फालेकी ति महिला र उनका छोराको उद्धार गरिएको छ । हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहस्थित कोसी ब्यारेजबाट शुक्रबार साँझ करिब ८ बजे हामफाले थिइन । ३५ वर्षीया महिलाले परिवारसहित किन आत्महत्या गर्न खोजिन त्यो भने खुल्न सकेको छैन । बालकको शुक्रवार साँझ उद्धार गरिएको थियो भने महिलाको शनिबार बिहान उद्धार गरिएको हो। छोरीहरुको अबस्था भने अझै अज्ञात रहेको छ ।

 

बालकको पुल नजिकै र महिलाको पुलबाट करिब ४ किलोमिटर तल पलार भन्ने स्थानबाट प्रहरीले उद्धार गरेको छ । दुवैको स्थानीय भारदह अस्पतालमा उपचार भइरहको छ। भने अन्यको खोजिकार्य जारी राखेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...