कांग्रेस नेता महतको अर्को काण्डः जस्तापाताकै झल्को दिने एसबीआई प्रकरण सार्वजनिक



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा रामशरण महत उनका भतिज समेत रहेका नेपाली कांग्रेस नुवाकोटको सभापति र नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश ख को निर्वाचनमा पराजित रमेश महतको जस्ताप्रकरण नै बिर्साउने गरी नयाँ काण्ड सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले एक स्थानीय तह एक बैंकको शाखा स्थापना गर्ने नीति ल्याए अनुसार बैंकहरूले रोजेर र अनुरोधमा स्थानीय तहमा शाखाहरू विस्तार गर्दै आएका छन ।

 

स्थानीय तहमा बैंकको पहुँच पुर्याउने राष्ट्रबैंकको नीति अनुसार नुवाकोटको पञ्चकन्या गाउँपालिकामा एसबीआई बैंकले शाखा त खोल्यो तर स्थानीय तह र राष्ट्र बैंकलाइ लोप्पा खुवाउने गरी काम सुरू गर्यो । समान्यतया गाउँपालिकाको केन्द्रमा बैंकको शाखा सञ्चालन गर्नुपर्ने र त्यसो नभए पनि उक्त गाउँपालिकासँग समन्वयन गरेर बैंकको शाखा राख्नु पर्नेमा  एसबीआई बैंकले नेपाली कांग्रेसका नेताद्धय डा रामशरण महत र रमेश महतको जवर्जस्तीमा उनीहरूकै गाउँको घरनजिकै नेपाली कांग्रेसका महासमिति सदस्य किष्ण मिश्रको घरमा  शाखा सञ्चालनमा आएको छ ।

 

महतद्धयको घर भएको वडा नम्बर २ को खहरेटारमा बैंकले शाखा सञ्चालन सुरू गरेको हो । गाउँपालिकाको केन्द्र वडा नम्बर ३ लाकुरी भञ्ज्याङ्मा बैंकको शाखा स्थापना गर्नुपर्नेमा त्यसो नगरेपछि गाउँपालिकाले आफ्नो बलप्रयोग गर्ने संकेत गरेको छ । पञ्चकन्या गाउँपालिकको केन्द्रमा जानुपर्ने बैंक उनीहरूको सेटिङमा महतद्धयको घरको केन्द्रमा गएर बसेपछि स्थानीयले जस्तापाता बिर्साउने काण्डको रूपमा यसलाइ व्याख्या गरेका छन । जस्तापाता सम्बन्धित ठाउँमा नदिइ बोकेर अन्तजाँदा समातिएको थियो भने बैंकको शाखा पनि केन्द्रमा नराखी उनको घरनजिक पुगेपछि यो विषय सार्वजनिक भएको छ ।

 

गुठीको जग्गा हडपेर बनेको छायाँ सेन्टरमा छोराको नाममा ५० लाखको सेयर किनेर कांग्रेसभित्रै बद्नाम भएका महतको यो क्रियाकलापबाट पञ्चकन्या गाउँपालिकाका स्थानीय आक्रोशित बनेका छन । देश संघियतामा गए पछि स्थानीय तहका आर्थिक गतिविधिहरु स्थानीय तहबाट नै सञ्चालन गर्ने गरी प्रत्येक स्थानीय तहको केन्द्रमा बैङ्कि सेवा सुचारु गर्न नेपाल राष्ट्र बैङ्कले विभिन्न बैङ्कलाई छनौट गरी स्थानीय तहमा कार्यलय स्थापना गरी सेवा प्रवाह गर्न निर्देशन दिएको थियो ।

 

नेपाल राष्ट्र बैङ्कको निर्देशन अनुसार नुवाकोटको पञ्चकन्या गाउँपालिकामा एसबीआई बैंक छनौटमा परेको थियो तर उक्त बैंकले पञ्चकन्या गाउँपालिकासँग सहकार्य नगरी आफ्नो आर्थिक गतिविधि गर्दै आइरहेको पाइएको छ । गाउँपालिकाको केन्द्र आसपासबाट नै बैङ्क मार्फत आर्थिक कारोवार गर्ने भनेर गाउँपालिकाले बारम्बार बैङ्कलाई जानकारी गराए पनि अटेर गरिरहेको गाउँपलिकाका अध्यक्ष तेजबहादुर  तामाङले बताएका छन ।

 

गाउँपालिकासँग समन्वय समेत नगरी अन्तै लगेर बैंक सञ्चालन गरेपछि स्थानीय तहले बोर्ड हटाउन निर्देशन दिएको छ । उसले आफ्नो निर्देशन अटेर गरेको भन्दै प्रहरीलाइ समेत पत्राचार गरेर बोर्ड हटाउन अनुरोध गरेको छ । साथै गाउँपालिकाले बैंकको नाममा पत्र लेखेर गउँपालिकाको केन्द्रमा कार्यालय स्थापना नगरी गाउँपालिकामा आएको जस्तो मात्र गरेर राष्ट्र बैङ्कको निर्देशन विपरित काम गर्नुको कारण लिखित रुपमा माग गरेको छ ।

 

गाउँपालिकाको पत्रलाई उक्त बैंकले वेबास्था गरेमा गाउँपालिका आफैँले कारबाहीको बाटो रोज्ने अध्यक्ष तामाङले बताउनुभएको छ । गाउँपालिकाको केन्द्र लाकुरीभञ्ज्याङमा बैङ्कको मुख्य कार्यालय स्थापना गरी गाउँपालिकाको अन्य स्थानहरुमा एक्सटेन्सन काउन्टर खोलि बैकिङ सेवा सञ्चालन गर्न भने बाटो खुला रहेको पत्रमा उल्लेख गरिएको छ ।

 

गाउँपालिकाले बैंकलाई असार १७ गते मंगलवार पत्र काटेर साइन बोर्ड हटाउन निर्देशन दिए पनि आजसम्म नहटाएको भन्दै गाउँपालिकाले इलाका प्रहरी कायर्यालयलाई आवस्यक कारवाही अघि बढाइदिन पत्रचार गरेको छ । आगामी ३ दिन सम्म अटेर गरी साईनबोर्ड नहटाएमा भौतिक कारबाहि गर्ने चेतावनी अध्यक्ष तामाङले दिएका छन । दैनिकीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...